आज मिति २०७७ वैशाख २३ गते मंलवार तदनुसार ५ मई २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , वैशाखशुक्लपक्ष, तिथिः– त्रयोदशी ४० घडी ५६ पला, साँझ ९ वजेर ४६ मिनेटसम्म , नक्षत्र हस्ता २४ घडी ८ पला दिन ३ वजेर २ मिनेटसम्म , योग – वरियान, आनन्दादीयोग – सौम्य, चन्द्रमा – कन्या राशिमा , सूर्य– मेष राशिमा , बृहस्पति मकरराशिमा, सूर्य उदय विहान ५ वजेर २३ मिनेटमा, सूर्यास्त सायं ६ वजेर ३९ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दुरहोला, स्वजनको सहयोग मिल्नेछ । बोलीको प्रभाव बढेर जाला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
साथीभाइ सँग रामाईलो गरिनेछ, मिष्ठान भोजनको अवसर मिल्नेछ । धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पेटमा समस्या आउला, खानपानमा ख्यलगर्नु पर्ला । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाइमा मनजाने छैन ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मान सम्मानमा बृद्धिहोला, मनमा उत्साह, उमङ्ग बढ्नेछ । धनलाभ होला, व्यवसायमा प्रगति होला, शत्रु नाश हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
हिम्मतमा बृद्धि, रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्ने । व्यापार वाट पर्याप्त लाभ, सामाजिक कार्यमा मन जानेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
राजनैतिक कार्य सफल हुनेछ, रोग शोक वाट छुट्कारा मिल्ला । जागिरमा प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रसन्न रहला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आर्थिक कमजोरी आउला, आफन्तमा बिवाद होला । पढाई लेखाइमा मन जने छैन । व्यावसायमा मन्दी आउनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन धर्मको प्राप्तीहोला , स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । यात्रा फलदयी रहला, बिद्यामा रुचि,दाजुभाई बाट सहयोग मिल्लनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
ठूला व्यक्तिको साथ तथा सहयोग पाइनेछ । पद प्रतिष्ठामा बृद्धि हुनेछ, गरेको कामले प्रशन्ता दिलाउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
गरेको व्यवसायले प्रसन्नता बढउनेछ । मिष्ठान्न भोजनको आनन्द लिन पाईनेछ । शरीरमा फुर्ति बढ्ने, मन प्रसन्न रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । स्वास्थ्यमा वाधा आउनेछ , क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धनलाभ होला, साथी भाइको सहयोग मिल्नेछ । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नेछ ।