बुटवल १९ बैशाख
रुपन्देहीमा कोरोना भाइरसका एक जना संक्रमित भेटिएका छन् ।
प्रदेश पाँचका सामाजिक विकास मन्त्रालय मातहतको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका निर्देशक तथा कोरोना प्रदेश ५ का फोकल प्रशन डा उमाशंकर प्रसाद चौधरीका अनुसार रुपन्देहीको मर्चवारको क्वारेन्टाईनमा रहेका २५ वर्षे युवकमा कोरोना पुष्टि भएको बताउनु भयोे ।
मर्चवारको क्वारेन्टाईनमा रहेका २५ वर्षका पुरुषलाई कोरोना पुष्टि भएपछि थप उपचारका लागि बुटवलको धागो कारखानमा रहको अस्थायी कोरोना आईसोलेशन अस्पतालमा लगएिको छ ।
त्यसैगरि बाँकेका ६० वर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन ्।