Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ रुपन्देहीमा व्यवसायीक तरकारी खेतीमा लागेका किसान व्यस्तसंगै मस्त
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा व्यवसायीक तरकारी खेतीमा लागेका किसान व्यस्तसंगै मस्त

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७७ · 0
रुपन्देहीमा व्यवसायीक तरकारी खेतीमा लागेका किसान व्यस्तसंगै मस्त
80
SHARES
ShareTweet

निलगाई र बंदेलका कारण किसानलाई पिरलो



बुटवल १९ बैशाख
हेर्दा र सुन्दा आन्नद लाग्ने गरेपछि आम्दानी पाईने भएपछि रुपन्देहीको तिलोत्तमा १४ का किसानलाई तरकारी खेती वाहेक अन्य खेतीमा मन जान छाडेको छ । यहाँका करिव २ सय घरपरिवार मध्ये १ सय ५० घरपरिवार अहिले व्यवसायीक तरकारी खेतीमा मस्त छन ।
बुटवल भैरहवा सडक खण्डको ढुटिपिपल नजिकैको लखन चोकबाट करिब पाँच किलोमिटर पश्चिममा रहेको तिलोत्तमाको तरकारी पकेट क्षेत्र जिल्लाकै नमुना मानिन्छ । तिलोत्तमा वडा नम्बर १४ मा पर्ने यो क्षेत्रका रगरगन्ज मंगलपुर, जितपुर र दुर्गानगर टोलका अधिकांश व्यवसायीक तरकारी पेसामा आबद्ध छन् । पुस्तौंदेखि तरकारी खेतीमा रमाइरहेका उनीहरुले १६० बिगाहा क्षेत्रफमा तरकारी खेती गरेका छन् ।
जस अन्तर्गत रगरगन्जमा ७० विगाह, मंगलपुरमा ३० विगाह,, जितपुरमा २० र दुर्गानगरमा ४० विगाह क्षेत्रफमा किसानले व्यवसायीक तरकारी खेती गदै आएका छन । जुन जिल्लाकै ठुलो र नमुनाका रुपमा चिनिने गरेको छ ।
अगुवा किसान पन्नेलाल केवटले लकडाउनका बेला तरकारीको बजारले समस्या पाइरहेको अवस्थामा नगरपालिकाले उपभोक्तामाँझ पु¥याइदिने व्यवस्था गरेकोमा खुशि भएको बताउनु भएको छ । “किसानको तरकारी सिधै उपभोक्ताको घर आँगनमा पुग्दा हामीले पनि राम्रो मूल्य पाएका छौं , उपभोक्ताले सस्तोमा तरकारी खान पाएका छन्”–केवटको कथन रहेको छ । बिचौलियाको कारण किसान र उपभोक्ता दुवैलाई मर्का परिरहेको अवस्थामा लकडाउनले बिचौलियाको अतिरिक्त आम्दानी रोकिदिएको केवटले बताउनु भयो ।
चारवटा टोलमा करेला, मुला, गाजर, भिण्डी, बोडी, खुर्सानी, काँक्रा, फर्सी, टमाटर, लौका लगायत तरकारी लगाइएको छ । “तरकारीले यो क्षेत्रको फाँटै हरियो बनेको छ”– केवल मल र बीउमा भने केही समस्या रहेको उहाँको भनाई रहेको छ ।
आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु केवट संगै त्यस क्षेत्रका करिव १ सय ५० किसानकोे दैनिकी बनेको छ ।
आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका किसानलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ । बारीभरी लगाइएको तरकारीले मनै आनन्दित बनाउने गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष समेत रहेका केवटको धारणा रहेकोे छ ।
श्री सरस्वती कृषि हाट वजार नामको संस्थाले अहिले किसानको उत्पादन संकलन गरि विक्री गर्ने गरेको अध्यक्ष कृष्णप्रसाद पन्थीले बताउनु भयो ।उहाँले प्रति किलो २० रुपैयाँ मार्जिनमा किसानको तरकारी खरिद गर्ने व्यवस्था मिलाएको बताउनु भयो ।
बजार व्यवस्थापनका नाममा किसानलाई मुल्य कम दिने चलखेल हुन थालेको किसानको गुनासो रहेको छ । सोसम्बन्धमा अध्यक्ष पन्थीले २ जना किसान र एकजना कृषि हाट वजारका दल बहादुर थापाको समितिले तरकारीको मुल्य निधारर्ण गर्ने गरेकोले समस्या नभएको बताउनु भयो ।
अर्का किसान रामप्रताप केवटको पनि दैनिकी प्रायः करेसाबारीमै बित्ने गर्छ । तरकारीमा मलजल, पानी, झार उखेल्नेदेखि टिपेर लैजानेसम्मको काम गर्न भ्याउँछन् । उनले १० कट्ठा जग्गामा तरकारी खेती गरेका छन् ।
तिलोत्तमा नगरपालिकाले तरकारी पकेट क्षेत्र तोकेको १४ नम्बर वडालाई प्रदेश सरकारले गतवर्ष स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको थियो ।
जसअन्तर्गत प्रदेश सरकारले उपलव्ध गराएको ५० लाख बजेटमध्येबाट २० वटा बोरिङ निर्माण गरिएको छ भने तीनवटा हाते ट्याक्टर, दुईवटा झार उखेल्ने यन्त्र (विडर), धान काट्ने रिपर चारवटा खरीद गरिएको छ ।
यसका साथै तिलोत्तमा नगरपालिकाले अनुदानमा बीउदेखि लिएर टेक्टर लगायत मेसिनरी उपकरण सहयोग गरेको छ । डिजलवाट संचालित पप्पसेटलाई विद्युतवाट संचालन गर्ने लक्ष्यसहित बिजुलीका पोल गाडेर विद्युतीकरण सुरु गरिएको छ ।
व्यावसायिक तरकारी खेती अंगालेका यो क्षेत्रका करिव १५० किसानले वार्षिक साढे चार करोडसम्म आम्दानी गर्ने गरेका छन् । प्रति किसान वार्षिक न्युनतम ३ लाख देखि १२ लाखसम्म आम्दानी हुने गरेको साढे १ बिगाहामा तरकारी खेती गरेका समयमाई टोल विकास संस्थाका सचिव वीरबहादुर केवटले बताउनु भयो ।
बिहान उठेदेखि साँझ नहुञ्जेल माटोमा रमेर समय बिताउनु, बालीको स्याहारसुसारमा समय बिताउनु, समयसमयमा खेतीबालीको रेखदेख गरिरहनु र उत्पादित तरकारी संकलन गरेर बजार पठाउनु यहाँका किसानको दैनिकी बनेको छ । आर्थिक अवस्था कमजोर भएकाहरू पनि व्यवसायीक तरकारी खेती गरेर आत्मनिर्भर भएका छन् ।
व्यावसायिक क्षेत्रमा लागेका किसानले आधुनिक प्रविधिमैत्री खेतीमा जोड दिँदै आएका छन् । व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै गरिवहरुको आर्थिक उन्नती हुने उनिहरुको कथन रहेको छ ।
निलगाई र बंदेलको समस्याले भने किसानलाई पिरोल्ने गरेको छ । जंगली जनावरका कारण तरकारी बाली जोगाउनै मुस्किल हुने गरेको अध्यक्ष केवटले बताउनु भयो । तिलोत्तमा–१४ निवासी नगर कार्यपालिका सदस्य एचवी रम्तेलले किसान उत्साहपुर्वक तरकारी खेतीमा लागिरहेको र यसैबाट आत्मनिर्भर बनेको बताउनु भयो । सदस्य रम्तेलले तरकारी खेती गरेर यहाँका धेरै किसानले जिविको पार्जनसंगै जग्गा खरिद गरि सम्पती समेत बढाएको बताउनु भयो ।
यता तिलोत्तमानगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरले किसानलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहित गर्न कृषि प्राविधिकहरु नियुक्त गरिसकेको बताउँदै अब प्रांगारिक मलमा अनुदान दिएर रासायनिक मल र विषादीमुक्त तरकारी उत्पादनलाई बढावा दिने योजना अगाडी ल्याउने बताउनु भयो ।

≪ Previous Post

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

Next Post ≫

रुपन्देहीको मर्चवार र बाकेमा कोरोना संक्रमित भेटिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क