Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ अन्तराष्ट्रिय श्रमिक दिवस ,लकडाउनमा कोही भोकै बस्ने अवस्था आउँदैन:मुख्यमन्त्री पोखरेल
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तराष्ट्रिय श्रमिक दिवस ,लकडाउनमा कोही भोकै बस्ने अवस्था आउँदैन:मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७७ · 0
अन्तराष्ट्रिय श्रमिक दिवस ,लकडाउनमा कोही भोकै बस्ने अवस्था आउँदैन:मुख्यमन्त्री पोखरेल
100
SHARES
ShareTweet


बुटवल १९ बैशाख
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई शुमकामना सन्देश व्यक्त गर्नु भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी प्रेस सन्देश यस प्रकार रहेको छ ।
२०७७ मजदुर दिवसको शुभकामना अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई उहाँले हार्दिक शुमकामना व्यक्तगर्नु भएको छ । नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयका दृष्टिकोणले हेर्ने सामाजिक मान्यता रह्यो । कतिपयश्रमका क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता समेत देखिदैन ।
जसवाटवर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ । श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न हामी दृढ संकल्पित छौं ।
ऐतिहासिक संविधानसभावाट संविधानजारी भएपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था स्थापितभएको छ । तीनै तहका जननिर्वा्चित सरकार नागरिकका आकांक्षा पूरा गर्न क्रियाशिल छन् ।
विकास र समृद्धिको नागरिकको आकांक्षा पुरा गर्न श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमालगाउनु अनिवार्य छ । मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ माभएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट निर्माण भएको हो । उक्तआन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवाद उन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्थाव्यवहारमाकार्यान्वयनगर्दै जाँदा समाजमावर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिकवर्गको हितकालागि सरकारले सामाजिक सुरक्षाकार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ । यो कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिकवर्गको हित र सम्मान स्थापितहुनेछ । यतिखेर हामी विश्व मामहामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको संघर्षमा छौं ।
नागरिकलाई कोरोनाभाइरसबाट संक्रमित हुननदिन सरकारले मुलुकलाई लकडाउनमा राख्ने बेलैमा निर्णय गरेकाले समुदायमा संक्रमण बढेको छैन् । कोरोना विरुद्धको संघर्षमा तीनतहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक,प्रशासनिक र सुरक्षानिकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ ।
अहिलेसम्म हामी सुरक्षित छाँैं तर जोखिमबाट मुक्त छैनाँैं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं । लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवननिर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको हामीले बुझेका छौं । यो कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था आउने छैन् ।
दैनिकज्यालादारी गरी जीवननिर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको छ । म अन्तर्रा्ष्ट्रिय श्रमिकदिवसका उपलक्ष्यमा श्रमशक्तिको विकासवाट नै समृद्ध नेपालनिर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न हार्दिक अपील गर्दछु । सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्रा्ष्ट्रिय श्रमिकदिवस (मई १)को उपलक्षमा हार्दिक शुभकामनाव्यक्तगर्दछु ।
शंकर पोखरेल मुख्यमन्त्री

≪ Previous Post

कार दुर्घटना हुंदा एकको मृत्यु, दुई घाईते

Next Post ≫

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क