नवलपरासी, १८ बैशाख । नवलपरासीको बर्दघाटबाट त्रिवेणी जादै गरेको कार दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फोजदार यादवका अनुसार दुर्घटनामा बा १२ च २००९ नम्बरको कारका चालक बर्दघाट ४ शिव कोलोनी निवासी ४४ बर्षीय हरि कृष्ण भुर्तेलको मृत्यु भएको छ । दुर्घटनामा परी बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन् । घाईते दुवैजनालाई उपचारको लागि भरतपुर पठाइएको छ ।
प्रहरीका अनुसार कार तिव्र गतिमा रहेको र अनियन्त्रित हुदा बिजुलीको पोलमा ठोक्किएर सो दुर्घटना भएको हो ।