Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिम नवलपरासीका मस्जिद मदरसा अनुगमन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नवलपरासीका मस्जिद मदरसा अनुगमन

संसारपोस्ट संवाददाता · १३ बैशाख २०७७ · 0
पश्चिम नवलपरासीका मस्जिद मदरसा अनुगमन
50
SHARES
ShareTweet


नवलपरासी, १३ बैशाख । मस्जिद–मदरसा जिल्लास्तरीय अनुगमन समितिले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका २ परासीको जामिया मस्जिदमा अनुगमन गरेको छ ।
विश्वभरी फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथामका लागि नेपाल मुस्लिम आयोगद्वारा गठित समितिले सो जामिया मस्जिद र मदरसामा अनुगमन गरेको हो । समितिका संयोजक भेष बहादुर खराल (ईस्हाक)को संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयको रोहबरमा उक्त मस्जिद र मदरसाको अनुगमन भएको मस्जिदका ईमाम मौलाना सैयद गुलाम हुसैन मियाले जानकारी दिनुभयो ।
देशका विभिन्न मस्जिद र मदरसाहरुमा तब्लिगी जमातका धर्मावलम्बीहरु लुकेर बसेको र उनीहरुमध्ये कोई कोरोना भाइरस संंक्रमित भए उनीहरुबाट समाज र समुदायमा संक्रमण फैलिन सक्ने भएको हुँदा आयोगले देशभरिकै मस्जिद मदरसाहरु अनुगमन गर्न जिल्ला स्तरिय समितिहरु बनाई समितिले मस्जिद र मदरसाहरु अनुगमन गरिरहेको छ ।
त्यसै सन्दर्भमा शनिबारबाट नवलपरासीको उक्त मस्जिद र मदरसाबाट अनुगमन शुरु गरिएको हो ।


समितिका संयोजक खरालको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नेकपा जिल्ला संयोजक भविश्वर तिवारी, अनुगमन समिति सदस्य हैदर अलि मोमिन, करम हुसैन अंसारी, ईजहार मिया, वडा नम्वर २ का वडा सदस्य सुनिता श्रेष्ठ र जनता समाजवादी पार्टीका उपाध्यक्ष अमिरुल्लाह मिया लगायतको टोलीले मस्जिद र मदरसाको अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दाहालले अनुगमनको क्रममा मस्जिदमा कुनै पनि बाहिरी व्यक्ति लुकेर बसेको नभेटिएको बताउदै अनुगमनको क्रममा मस्जिदमा कोही बाहिरी व्यक्ति आए तत्काल जिल्ला प्रशासन कार्यालयलाई बुझाउन मस्जिदका ईमाम मियालाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी दाहालले मुस्लिम समुदायको रमजान पर्वको शुभकामना दिदै मस्जिदमा भिडभाड नगर्न, घरमै नमाज पढ्न र लकडाउनको पुर्ण रुपले पालना गर्दै कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दुरी कायम राख्न आग्रह गर्नुभयो ।


आयोगले नवलपरासीका पश्चिम र पुर्व जिल्लामा रहेका मस्जिद मदरसाहरु अनुगमन गर्नका लागि भेष बहादुर खरालको संयोजकत्वमा ७ सदस्यीय जिल्ला स्तरीय समन्वय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा करम हुसैन अन्सारी, हैदर अलि मोमिन, ईजहार खान, तबारक मिया, एैनुल अन्सारी, जिया खान, मौलाना नजरुद्धिन मिया रहेका छन् । अनुगमनको क्रममा मस्जिद मदरसामा कोही ब्यक्ति लुकेर बसेको भेटिएमा तत्काल जिल्ला प्रशासन कार्यालयमा खवर गर्न वा बुझाई अवस्था हेरेर क्वारेन्टाईनमा राख्ने ब्यवस्था मिलाइने संयोजक खरालले बताउनु भयो । जिल्लामा रहेका ५५ वटा मस्जिद र ४३ वटा मदरसाहरुलाई अनुगमन गर्न एउटा रोडम्याप बनाएर अनुगमन गरिने अनुगमन समितिका सदस्य हैदर अलि मोमिनले बताउनु भयो ।

≪ Previous Post

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु

Next Post ≫

२०७७ साल बैशाख १४ गते आइतवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क