Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा दिउँसोमा आईकन्टयाक र रातिमा लाईट कन्टयाकका माध्ययमवाट सीमा सुरक्षा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा दिउँसोमा आईकन्टयाक र रातिमा लाईट कन्टयाकका माध्ययमवाट सीमा सुरक्षा

संसारपोस्ट संवाददाता · १२ बैशाख २०७७ · 0
रुपन्देहीमा दिउँसोमा आईकन्टयाक र रातिमा लाईट कन्टयाकका माध्ययमवाट सीमा सुरक्षा
100
SHARES
ShareTweet

बुटवल १२ वैशाख
कोरोना विश्वभर महामारीका रुपमा फैलिरहेको र सुरक्षाका लागि नेपाल भारत सीमा नाका शिल गरि रुपन्देही जिल्लाको नाकाको सुरक्षामा दिउँसोमा आईकन्टयाक र रातिमा लाईट कन्टयाकका मायमवाट सुरक्षा प्रदान गरिएको छ ।
रुपन्देही जिल्लामा ५९.७ किलोमिटर क्षेत्रफल भारतसंग जोडिएको सीमा नाका रहेको छ । जिल्लाको पुर्वमा तेरिया नदी र पश्चिममा कोठी नदी बीचको क्षेत्र नेपाल भारत सीमासंग जोडिएको क्षेत्र पर्दछ ।
कोरोनाको महामारी हुनु पुर्व जिल्लामा सशस्त्र प्रहरी वल नेपाल नम्बर २७ गण रुपन्देही मातहतमा ५ वटा स्थायी बेस रहेकोमा हाल १७ वटा बेस थप गरि कुल ८७ स्थानवाट चौविसै घण्टा सुरक्षा प्रदान गरिएको सशस्त्र प्रहरी वल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले बताउनु भयो ।
जिल्लाको सीमा सुरक्षामा ९ सय सशस्त्र प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था मिलाईएको पनि प्रहरी उपरिक्षक पोखरेलले बताउनु भयो । सशस्त्र प्रहरीका साथै जनपथ प्रहरीले पनि सीमा क्षेत्रामा सुरक्षा प्रदान गदै आएको छ ।
सीमा क्षेत्रवाट आवत जावतमा पुर्ण रुपमा कडाई गरिएको र दिउसोमा एक स्थानको बेसको प्रहरीले अर्को स्थानको बेसको प्रहरीलाई देखिने गरि सुरक्षा प्रदान गरिएको छ भने रातिको समयमा बेसका अलावा गस्ती पेटोलिङ र लाईटवाट देखिेने गरि प्रहरी परिचालन गरिएको उहाँले बताउनु भयो ।
सीमा क्षेत्रमा रहेका स्थानिय जनप्रतिनिधी स्थानिय वासन्दिा ,बुद्धिजिवी सम्लघन रहेको समन्वय समिति गठन गरि उनिहरुको सहयोगमा प्रहरीले सुरक्षा प्रदान गरिरहेको प्रहरीले जनाएको छ । समितिले नेपाल र भारतको अथवा नयाँ र स्थायी वासिन्दा चिने भएकाले उनिहरुको माध्यमवाट काम गर्न सहज भएको सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले बताउनु भयो । सुचनाको संवाहक नै स्थानिय समितिलाई बनाउदाँ काम गर्न सहज हुने र सहि सुचना प्राप्त हुने पनि उहाँले बताउनु भयो ।
लकडाउन शुरु भए पछि सीमानाकाको गत बुधवार संघिय सांसद प्रमोद यादव, प्रदेश ५ का प्रदेश सभासद अष्टभुजा पाठक , फकुदिन मुसलमान , जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा लगायतको टोलीले सीमावर्ती क्षेत्रको निरीक्षण गरि सक्र्नु भएको छ ।.
त्यसैगरि प्रदेश सभासद सन्तोषकुमार पाण्डेयको टोलीले विहिवार सीमावर्ती क्षेत्रको निरीक्षण गर्नु भएको हो ।.
सीमाको निरीक्षणका क्रममा मानियहरुले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिँदै सीमामा खटिने सुरक्षाकर्मीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनु भएको थियोे । ‘लकडाउन सफल पार्न सुरक्षाकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गदै उहाँहरुले सीमा सुरक्षामा खटिएका सुरक्षा कर्मीको मनोवल बढाउने गरि सरकारले योजना ल्याउन पर्ने धारणा राख्नु भएको थियोे ।
त्यसैगरि वोडर आउटपोष्ट वयरघाट कालीदह रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक धर्मबहादुर थापाले सीमा नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको बारे निरिक्षणमा आउने माननियहरुलाई जानकारी गराउने गरेको बताउनु भयो ।
सशस्त्र प्रहरी निरीक्षक थापाका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिकाले वडा नम्बर ६ मा रहेको लुम्बिनी वौद्य विश्वविद्यालयको छात्रावासलाई क्वारेन्टाईका रुपमा प्रयोग गरेको र त्यहाँ २८ जना अहिले पनि राखिएको छ । १ जना भारतिय र वाँकी २७ जना भारतवाट आएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानिय वासिन्दा रहेका छन ।

≪ Previous Post

ट्रकका चालक र सहचालकलाई माक्स प्रदान

Next Post ≫

तिलोत्तमाले भन्यो : खेती योग्य जमिन बाँझो नराख

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क