Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना महामारीको प्रभाव: विषादी रहित उत्पादन विक्रिका लागि विशेष अफर , रुपन्देहीको विष्णुपुरामा वियाँ रहितका काँक्रा सयमा २ किलो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना महामारीको प्रभाव: विषादी रहित उत्पादन विक्रिका लागि विशेष अफर , रुपन्देहीको विष्णुपुरामा वियाँ रहितका काँक्रा सयमा २ किलो

संसारपोस्ट संवाददाता · ५ बैशाख २०७७ · 0
कोरोना महामारीको प्रभाव: विषादी रहित उत्पादन विक्रिका लागि विशेष अफर , रुपन्देहीको विष्णुपुरामा वियाँ रहितका काँक्रा सयमा २ किलो
190
SHARES
ShareTweet


बुटवल ५ वैशाख
कोरोना महामारीको कारण गरिएको लकडाउनका कारण उत्पादित अर्गानिक तरकारीले मुल्य नपाउदाँ किसानले विशेष अफर संचालन गरि सस्तोमा उत्पादन विक्रिगर्न बाध्य भएका छन ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर४विष्णुपुरामा गरिएको अर्गानिक तरकारी खेतीले वजार मुल्य नपाएपछि किसानले विशेष सस्तो अफर संचालन गरी उत्पादित सामान वजार मुल्य भन्दा सतप्रतिशत सस्तोमा विक्रिगर्न थालेका छन ।
यही बैशाख ३ गते देखि शुरु गरिएको सस्तो अफरमा उपभोक्ताको आर्षण बढेो बताईएको छ । ४ जना युवाहरुले समुह वनाई प्राईम एग्रोफार्म नामक नेचुरली भेन्टिलेटेड पोली हाउसको माध्यमवाट विषादी रहित तरकारी र विरुवा उत्पादन गदै आएको संचालक दीपक कार्कीले बताउनु भयो ।
साढे १ विगाहा क्षेत्रफल जग्गामा विषादी रहित तरकारी खेती उत्पादन गर्ने गरि १ करोडको लागतमा कृषि परियोजना संचालन गरेका युवाले कोरोना महामारीको कारण गरिएको लकडाउनले प्रचार प्रसार गर्न सजिलो भएको तर उत्पादित वस्तुले मुल्य नपाएको बताएका छन ।
कृषि फार्ममा करेला ,लौका ,भिन्डी, वोडी, घिरम्ला, टमाटर काँक्रा लगायता तरकारी उत्पादन गरेपनि वजारको अभाव नभएपनि लकडाउनले गर्दा लागत अनुसारको मुल्य नपाएो बताएका छन ।
विशेष गरि तरकारी खरिदकालागि उपभोक्ता फार्ममै आउने गरेपनि काठमाण्डौ र पोखराको वजारलाई मध्य नजर गरि उत्पादन गरिएको सिड लेस वियारहित काँक्राले वजार र मुल्य नपाउदाँ सस्तोमा विक्रिगर्ना लागि विशेष अफर योजना संचालन गर्नु परेो फार्मका अर्का संचालक मोहन क्षेत्रीले बताउनु भयो ।

स्थानिय कार्की, क्षेत्री, लाल बहादुर बस्नेत र ईश्वरी पौडेल सहित४जनाले अर्गानिक तरकारी उत्पादन गरि उपभोक्तालाई विषादी रहित तरकारी खुवाउने अभियानलाई कोरोना भाईरसले गर्दा समस्या भएको संचालक कार्की बताउनु भयो ।
कृषि फार्ममा कृषि उपरणको समस्या रहेको र सरकारले अनुदानमा वा राहतमा कृषि उपकरणको व्यवस्था गरिदिएमा उत्पादनमा सहजता हुने र उपभोक्तालाई पनि कम मुल्यमा उत्पादित वस्तु विक्री गर्न सकिने संचालक क्षेत्रीले बताउनु भयो ।
सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर किसानलाई राहत र अनुदान दिने गरेको वारेमा जिज्ञासा राख्दा उहाँहरुले लकडाउनका कारण स्थानिय सरकार र प्रदेश सरकारसंग पहल गर्न वाँकी रहेको बताएका छन ।
लडाउनका कारण कतै तरकारी नपाएर खानवाट वन्चित हुनु परेको छ भने कतै उत्पादित वस्तुको खपत नहुदाँ लागत मुल्य भन्दा पनि सस्तोमा वस्तु विक्री गर्न किसान वाध्य भएका छन ।
यस्ता किसानले उत्पादन गरेका वस्तुको स्थानिय सरकारले वजारको व्यवस्थापन गर्न जरुरी रहेको छ ।
स्थानिय सरकारले दिने राहतमा किसानले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिन र किसानका उत्पादन स्थानिय सरकारले खरिद गर्ने पद्धतिको विकास गर्न सकेमा किसान कृषि उत्पादन गर्न थप प्रोत्साहित हुने छन जसले गर्दा मुलुकमा व्यवसायीक कृषिको विकास हुने छ ।
उक्त कृषि फार्ममा करेला प्रतिकिलो १६०। ,लौका १००। ,भिन्डी १२०।, घिरम्ला १२०, सिड रहित काँक्रा ५०। भक्तपुरे नेपालीकाँक्रा १००। रुपैया प्रतिलिोमा विक्री गरिएको कार्कीले बताउनु भयो । फार्ममा उक्त मुल्यमा उपलब्ध गराईएको छ भने होम डेलिभरीको व्यवस्था पनि भएकाले त्यसरी माग गर्नेले थप शुल्क तिर्नुपर्ने व्यवस्था फार्मले गरेको छ ।
प्राईम एग्रोफार्म जस्तै तिलोत्तमा नगरपालिका क्षेत्रको वडा नम्बर ३ को विष्णुपुरमा लुम्बिनी हाईडे पोनिक्स र वडा नम्बर ५ मणिग्राम पुर्वमा नेपाल हाईटेक प्रालि संचालनमा रहेका छन । कृषि फार्ममा आश्वयक पर्ने विउ र डयाम बनाउने मेशिन भारतवाट आयात गर्नु पर्ने भएकाले पनि लडाउनका कारण समस्या हुने गरेको व्यवसायीले बतायका छन ।

≪ Previous Post

कोरोना र लकडाउनलाई :अवसरमा बदलौँ

Next Post ≫

२०७७ साल बैशाख ६ गते शनिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क