बुटवल, ३ बैशाख
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि नागरिकले हरेक प्रयास गर्दै आएका छन् । सरकारको निर्देशन अनुसार लकडाउनका पालना गरी घरमै बसेकाहरुले पनि कोरोनाबाट जोगिनका लागि आआफ्नै प्रयास गर्ने गरेका छन् । कोरना बिरुद्व अहिले गाउं शहरमा कोरोनाको संक्रमितबाट बच्नका लागि सरसफाइ र किटनासक औषधी सडकदेखि घरआगनमा छर्कन थालिएको छ । तिलोत्तमा नगरपालिकाको विभिन्न टोल वस्तीमा आजभोली कोरोना बिरुद्व विलचिङ पाण्डर छर्कन थालिएको हो । बुधबार तिलोत्तमा वडानम्बर २ को शान्तिकुञ्ज पथको टोल वस्तीमा विलचिङ पाउडर छर्किएको छ । स्थानीय टोलवासीले आफ्नो सुरक्षा आफै गरौं भन्दै सडकदेखि घरको गेट र आगनमा विलचिङ पाण्डर छर्किएका छन् । कोरोनाको संक्रमणबाट आफु पनि बच्न र अरुलाइ पनि बचाउनु पर्छ भन्ने सन्देश दिने गरी किटनासक औषधीको रुपमा विलचिङ पाउडर छर्किएको स्थानीय भिमलाल भुसालले बताउनु भयो । आफ्नो सुरक्षाको लागि टोलवासीको आआफ्नो लगानीमा विलचिङ पाउडर खरिद गरी प्राविधिकको सहयोगमा छर्किएको लोकनाथ ज्ञवालीलले जानकारी गराउनु भयो । लगातार लकडाउन भएपनि विश्भर फैलिएको कोरोना भाइरस संक्रमणमा कमी नआएपछि विलचिङ पाउडर छर्किन थालिएको हो । खाना पिनमासमेत सर्वसाधारण नागरिकले सचेत अपनाउन थालेका छन् ।