Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउन वैशाख १५ सम्म, सीमानाका १८ गतेसम्म बन्द रहने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन वैशाख १५ सम्म, सीमानाका १८ गतेसम्म बन्द रहने

संसारपोस्ट संवाददाता · २ बैशाख २०७७ · 0
लकडाउन वैशाख १५ सम्म, सीमानाका १८ गतेसम्म बन्द रहने
90
SHARES
ShareTweet

काठमाण्डौ, २ बैशाख । सरकारले मुलुकमा जारी लकडाउनलाई बैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बालुवाटारमा आज (मंगलवार)बसेको मन्त्रिपरिषद् बैठककले गएको चैत ११ देखि जारी लकडाउनलाई १२ दिन थप गरी बैशाख १५ सम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले सीमानाका बैशाख १८ गतेसम्मका लागि बन्द राख्ने निर्णय गरेको छ ।
कोरोना सँक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेको छ ।
कोरोना सँक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पहिलो पटक गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउन गर्ने निर्णय गरेको थियो । चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि दोस्रो पटक आठदिन थपेर चैत २५ गतेसम्म पुर्याएको थियो ।
सुदूरपश्चिम प्रदेशमा एकसाथ तीनजना कारोना भाइरसका सँक्रमित फेला पर्नु र कोरोना नयाँ चरणमा प्रवेश गरेपछि गएको गत चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक थप आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउनको अवधि कायम गरेको थियो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चौथो पटक लकडाउनको अवधि १२ दिन थपेर वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले लकडाउनलाई अझै कडा बनाउने निर्णय समेत गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी गराउनु भयो ।
नेपालमा सोमबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ पुगेको छ । आइतबार एकैदिन तीनजना र सोमबार दुईजना नयाँ सँक्रमित थपिएका हुन् । यस्तै काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएका तीनजना मध्ये मंगलबार दुईजनामा सँक्रमण पुष्टि भएको छ । उनीहरु एकाघरका सदस्य हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीव्रगतिमा कोरोना फैलिएपछि बैशाख २१ अर्थात मे ३ तारिखसम्मलाई लकडाउन लम्ब्याउने घोषणा गरिसक्नु भएको छ ।

≪ Previous Post

रातको समय बालुवा चोर्न जाँदा ट्याक्टरबाट खसेका युवकको मृत्यु

Next Post ≫

रामकुमारी झांक्रीको प्रधानमन्त्रीलाई सुझाव : दोहोरो सुविधा र जम्बो निजी सचिवालय खारेज गर्नुस्

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क