Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरका शंकास्पद २० जनाको कोरोना परीक्षण : सबैको रिपोर्ट नेगेटिभ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरका शंकास्पद २० जनाको कोरोना परीक्षण : सबैको रिपोर्ट नेगेटिभ

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७६ · 0
नवलपुरका शंकास्पद २० जनाको कोरोना परीक्षण : सबैको रिपोर्ट नेगेटिभ
100
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपुर, २६ चैत । पूर्वी नवलपरासीमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएको आशंकामा २० जनाको स्वाव परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा कोरोनाको आशंकामा आईशोलेसनमा रहेका हुप्सेकोटका बाबुछोरा २ जनाको रिपार्ट नेगेटिभ आएसँगै २० जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।
मंगलवार कोरोना आशंकामा स्वाव परीक्षणका लागि ति दुई जना बाबुछोराको स्वाव चितवनको भरतपुरमा पठाइएको थियो ।
मध्यबिन्दु जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. पुस्कर पौडेलले दुवै जनाको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । डा. पौडेलका अनुसार हुप्सेकाट ६ का २० बर्षका किशोर लालसेन ठकुरी चैत ८ गते भारतको उत्तराखण्डबाट नेपाल आएका थिए । ९ गते घर आईपुगेका उनलाई १९ गते ज्वरोसँगै पखाला लागेपछि २३ गते उनका बुवा देबबहादुर सेन ठकुरीले अस्पताल ल्याएका थिए ।
उच्च ज्वरो समेत देखिएको र भारतबाट आएको ट्राभल हिस्ट्री समेत रहेकाले अस्पतालमा ल्याएका ५६ बर्षका बाबुको पनि स्वाव परीक्षणका लागी नमूना लिईएको थियो ।
योसँगै नवलपुरमा कोरोना आशंकामा परीक्षण गरिएका कसैलाई पनि कोभिड १९ संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।

≪ Previous Post

एघार दिनपछि बाबुरामको शव उठ्यो, तीनबुँदे सहमति

Next Post ≫

२०७६ साल चैत २७ गते बिहिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क