Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघद्वारा खाद्यान्न वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघद्वारा खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · २१ चैत्र २०७६ · 0
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघद्वारा खाद्यान्न वितरण
80
SHARES
ShareTweet


बुटवल, २१ चैत । कोरोना भाइरसको त्रास र यसको उच्च जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएको छ । दिनभरी काम गरेर सांझ विहानको छाक टार्ने मजदुर वर्ग यतिवेला अन्य वर्ग भन्दा सवैभन्दा बढि मारमा परेको छ । लकडाउनका कारण सबैतिर काम बन्द भएपछि कतिपयको घरमा चुल्हो वल्न सकेको छैन । विभिन्न जिल्लाबाट रुपन्देहीमा कामका लागि आएका निर्माण मजदुरहरु पनि यस्तो समस्यामा परेका छन् ।
यसरी समस्यामा परेका निर्माण मजदुरहरुको समस्या समाधानका लागि निर्माण मजदुरहरुको संस्था नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) बुटवल नगर समितिले लकडाउनका कारण काम गर्न नपाएका र घर जान नसकेका रुपन्देही जिल्ला बाहिरका निर्माण कर्मीहरुलाई राहत वितरण गरेको छ । काउन बुटवल नगर समितिको आपतकालिन बैठकले सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका काउनमा आवद्ध कन्ट्याक्ट लिडरहरुको मातहत काम गर्ने जिल्ला बाहिरका निर्माण कर्मी मिस्त्री मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्ने निर्णय गरेको हो ।
काउनका राष्ट्रिय अध्यक्ष जे बि गुरुङ्गको आथित्यतामा बसेको आपतकालिन बैठकले समस्यामा परेका निर्माण कर्मीहरुलाई तत्काल राहत वितरण गर्न काउन बुटवल नगर अध्यक्ष सूर्यदेव दासको संयोजकत्वमा तिलबहादुर हिस्की, कृष्णलाल भुसाल, सोम थापा र भिमबहादुर दर्लामी सदस्य रहेको राहत वितरण उपसमिति गठन गरेको थियो ।


उप समितिले यसरी समस्यामा परेका रुपन्देही जिल्ला बाहिरका २७८ जना निर्माण कर्मीहरुलाई ५ किलो चामल तथा एक एक पोका दाल, नुन, स्वयाविन र खाने तेल राहत स्वरुप वितरण गर्ने निर्णय गरेर उनीहरुलाई प्रदान गरिएको संयोजक सुर्यदेब दासले जानकारी दिनुभयो ।
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को उच्च जोखिमबाट बच्न सरकारले मुलुकलाई लकडाउन गरेका कारण घर जान र काम गर्ने वातावरण समेत नभएकाले सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत असहज अवस्थामा रहेका निर्माण मजदुरहरुको तत्कालको राहतका लागि काउनले खाद्य सामाग्री वितरण गरेको कोषाध्यक्ष कृष्णलाल भुसालले वताउनु भयो । लकडाउनको अवधि थप भएमा र उनीहरुलाई खानाको समस्या परेमा काउनले तत्काल निर्णय गरी पुन खाद्य सामाग्रीको ब्यवस्थापन गर्ने समेत कोषाध्यक्ष भुसालले जानकारी गराउनु भयो ।
यस्तै लकडाउनकै कारण समस्यामा परेका १७८ जना बर्दिया जिल्लाका निर्माण मजदुरहरुलाई काउन बुटवल नगर समितिका सल्लाहकार सोम थापाको पहलमा बुटवल उपमहानगरपालिका ११ नं. वडा कार्यालयबाट शिफारिस बनाई ४ वटा गाडीको ब्यवस्थापन गरी उनीहरुलाई बर्दिया सम्म छोड्ने ब्यवस्था समेत मिलाईएको नगर अध्यक्ष दासले वताउनु भयो ।

≪ Previous Post

२०७६ साल चैत २१ ग्ते शुक्रवारको राशिफल

Next Post ≫

बुटवल पव्लिकद्वारा स्वास्थ्य सामाग्री र मास्क सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क