Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुंगाका १२ वटा शाखामा बैंकिङ कारोबार खुला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुंगाका १२ वटा शाखामा बैंकिङ कारोबार खुला

संसारपोस्ट संवाददाता · १६ चैत्र २०७६ · 0
शाइन रेसुंगाका १२ वटा शाखामा बैंकिङ कारोबार  खुला
90
SHARES
ShareTweet


बुटवल, १६ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले (आज) आइतबार प्रदेश ५ का ७ जिल्लामा रहेका १२ वटा शाखा दिउसो १ बजेसम्म खुला हुने जनाएको छ । लकडाउनको अवधिमा पनि आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न जिल्लामा रहेका शाखाहरु आवश्यकता अनुसार दिउसो एकबजेसम्म सञ्चालन गर्दै आएको छ ।
जस अनुसार आज मुख्य शाखा कार्यालय रुपन्देहीको बुटवलस्थित ट्राफिकचोक, भैरहवा शाखा र तिलोत्तमाको शंकरनगर शाखा, सैनामैनाको मुर्गिया शाखा, पाल्पाको तानसेन शाखा, गुल्मीको तम्घास र शान्तिपुर शाखा, नवलपरासी (पश्चिम)को परासी शाखा, अर्घाखांचीको चुत्राबेशी शाखा, प्युठानको भिंगृ शाखा, बांकेको कोहलपुर शाखा र अगैया शाखा सञ्चालनमा रहने बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिनुभयो ।


लकडाउनका अवधिमा पनि आफ्ना ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर हरेक दिन फरक फरक शाखा दिउसो १ बजेसम्म खुला राखेर सेवा प्रवाह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय र चार लाख भन्दा बढी ग्राहक रहेपनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरेर लकडाउन अवधिसम्म सबै शाखाहरु सञ्चालन नगरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा आवश्यकता अनुसार पालैपालो विभिन्न जिल्ला र स्थानका शाखाहरु सञ्चालन गरिएको बैंकले जनाएको छ । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ ।

≪ Previous Post

२०७६ साल चैत १६ गते आइतवारको राशिफल

Next Post ≫

स्वास्थ्य सामाग्री तत्काल उपलब्ध गराउन काँग्रेसद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क