Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिकामा १५ शैयाको क्वारेन्टाईन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकामा १५ शैयाको क्वारेन्टाईन

संसारपोस्ट संवाददाता · १३ चैत्र २०७६ · 0
रोहिणी गाउँपालिकामा १५ शैयाको क्वारेन्टाईन
50
SHARES
ShareTweet



बुटवल १३ चैत
रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरि १५ शैयाको क्वारेन्टाईन स्थापना गर्ने भएको छ । मंगलबार गाउँपालिमा बसेको बैठकले धकधईमा रहेको रामनरेश आदर्श माध्यमिक बिद्यालयमा हाललाई १५ शैयाको क्वारेन्टाई बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लौजाने निर्णय गरेको छ ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले कोभिड १९को रोकथाम तथा नियन्त्रणको लागी क्वारेन्टाईनका आवश्यकता भएको बताउनु भयो । उहाँले रोहिणी गाउँपालिकामा पनि धेरै जना बैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हाल घर फर्किएर आएकोले यस्तो ब्यक्तिको निगरानी बढाईएको बताउनु भयो । कोरोना संक्रमित एक युवती चढेकै हवाईजहाजमा रोहिणी गाउँपालिकाका युवा पनि आएकोले उनिमाथी बिशेष निगरानी राखिएको यादवले बताउनु भयो ।
रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने मेराज अहदमको अहिले भिम अस्पतालमा स्वास्थ्य परिक्षण गरि उनलाई सोही क्वारेन्टाईनमा राखिने भएको छ । गाउँपालिका अध्यक्ष यादवले बिदेशबाट आएका ब्यक्ति तथा संक्रमितको आशंका गरिएका ब्यक्तिलाई अनिवार्य रुपमा १४ दिन सम्म सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको बताउनु भयो । सेल्फ क्वारेन्टाईनमा बस्न नमान्ने वा अन्य शंकास्पद ब्यक्तिलाई सम्बन्धित वडा, संघ संस्था, सुरक्षा निकाय र स्वास्थ्यकर्मिको समन्वयमा गाउँपालिकाले क्वारेन्टाईनमा राख्ने छ । यसको लागी अत्यावश्यक औषधी लगायत, प्रतिकार्य सामाग्रीको व्यवस्थाको लागी गाउँपालिकाले प्रयास गरि रहेको छ ।
कोरोना भाईरसको संक्रमित भए आफुलाई मात्र नभई आफ्नो परवार हुदै सम्बन्धित समाजलाई नै असर पार्ने हुदा बाहिरबाट आएका ब्यक्तिहरु सेल्फ क्वारेन्टाईन वा गाउँपालिकाले स्थापना गर्ने क्वारेन्टाईनमा बस्न यादवले अनुरोध गर्नु भएको छ ।
यस्तै गाउँपालिकाले बिदेशी मुलुक र भारतअन्य ब्यक्तिहरुको ब्यक्तिगत विवरण समेत संकलन गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यस्ता ब्यक्तिहरुको विवरण संकलनको लागी स्वास्थ्यकर्मिहरुलाई अनुरोध गरिएको जानकारी दिनु भयो ।

≪ Previous Post

एनआईसी एशियाको ग्राहक सहायता केन्द्र

Next Post ≫

ठूलो मात्रामा लागुऔषध सहित पश्चिम नवलपरासीमा एक जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क