Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल यातायातको कोरोना बिरुद्ध सचेतना अभियान शुरु
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल यातायातको कोरोना बिरुद्ध सचेतना अभियान शुरु

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७६ · 0
बुटवल यातायातको कोरोना बिरुद्ध सचेतना अभियान शुरु
70
SHARES
ShareTweet


बुटवल, ७ चैत
बुटवलमा प्रधान कार्यालय रहेको बुटवल यातायात प्रा.लि.ले कोरोना भाईरस बिरुद्धे सचेतना अभियान सञ्चालन गरेको छ । उक्त अभियान शुक्रबारदेखि सुरु भएको हो । कोरोनाको संक्रमणबाट आफू पनि बचौं र यात्रुलाई पनि बचाऔं भन्ने उद्देश्यले समिति मातहत सञ्चालन हुने गाडीको चालक तथा सहचालकहरुले अनिवार्य मास्क प्रयोग गर्ने, गाडी सञ्चालन गर्नु अंगाडी नै गाडीमा डिसईन्फेक्सन स्प्रे गरेर रुटमा प्रवेश गराउने तथा यात्रुहरुलाई समेत सचेत हुन आह्वान गर्ने गरी अभियान सुरु गरिएको बुटवल यातायात प्रा.लि.का अध्यक्ष रबिन्द्रमान श्रेष्ठले जानकारी गराउनु भयो ।
उक्त अभियान अन्तरगत विश्वमा महामारीको रुपमा फैलिएको कोरोना हुन नदिनकालागि उक्त प्रा.लि. मार्फत सञ्चालन हुने गाडीमा डिसईन्फेक्सन स्प्रे गरेर मात्रै सञ्चालन गरिने छ । एक पटक स्प्रे गरेपछि त्यसले २४ घण्टासम्म काम गर्ने र प्रत्येक दिन स्प्रे गरेर गाडी सञ्चालनको व्यबस्था मिलाईएको प्रा.लि.का सचिव तथा अभियानका संयोजक दिपक श्रेष्ठले बताउनु भयो । त्यस्तैगरी प्रा.लि.ले मास्क उपलब्ध गराईएको र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सबै गाडीका चालक तथा सहचालकलाई उहाँले आग्रह गर्नुभयो ।
बुटवल यातायात प्रा.लि. अन्तरगत अहिले करिव ३५० गाडी सञ्चालनमा रहेका छन् । पछिल्लो समय उक्त प्रालिले भैरहवा काठमाण्डौकालागि ५ वटा एसी बस समेत सञ्चालन सुरु गरेको छ । आफूहरुको प्रा.लि. मार्फत सञ्चालित गाडीमा यात्रा गर्दा यात्रुहरुलाई पनि सुरक्षित महशुस गराउनकालागि अभियान चलाईएको र ढुक्क भएर यात्रा गर्न समेत प्रा.लिका निवर्तमान अध्यक्ष डिलबहादुर थापाले आग्रह गर्नुभयो ।
उक्त प्रा.लि.ले यात्रुलाई समेत कोरोना भाईरस संक्रमणबाट बँच्न सचेत हुन आग्रह सिट क्षमता भन्दा बढी यात्रु नबोक्न चालक सहचालकलाई आग्रह गरेको छ भने सिट नहुँदा झुण्डीएर यात्रा नगर्न समेत यात्रुलाई अपिल गरिएको छ । त्यस्तै स्वास्थ्यमा समस्या छ भने समयमै चेकजाँच गराउन र आफूलाई कोरोना भएको आशंका लागेको छ भने सार्वजनिक यातायातको माध्यम प्रयोग नगर्न पनि अपिल गरिएको छ ।

≪ Previous Post

पश्चिम नेपालद्धारा ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण

Next Post ≫

२०७६ साल चैत ८ गते शनिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क