Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पहिचानका आधारमा प्रदेश पाँचको नाम थरुहट–अवध–मगरात राख्न समाजवादीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पहिचानका आधारमा प्रदेश पाँचको नाम थरुहट–अवध–मगरात राख्न समाजवादीको माग

संसारपोस्ट संवाददाता · ५ चैत्र २०७६ · 0
पहिचानका आधारमा प्रदेश पाँचको नाम थरुहट–अवध–मगरात राख्न समाजवादीको माग
90
SHARES
ShareTweet

बुटवल, ५ चैत
प्रदेश पाँचको नामाकरण र स्थायी राजधानी तोक्न नसकेको समयमा समाजवादी पार्टीले प्रदेश ५ को नाम पहिचानका आधारमा ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको छ ।
पार्टीले बुधबार पत्रकार सम्मेलन गरी प्रदेश ५ थारु, मधेशी र मगरहरुको वाहुल्य भएको प्रदेश भएकाले सबैलाई अपनत्व र पहिचान हुने गरी ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको हो । प्रदेश ५ को कूल जनसंख्या मध्ये थारु,मधेशी र मगरको जनसंख्या ८० प्रतिशत भन्दा बढी रहेकाले उनीहरुको पहिचान र अपनत्वका लागि ‘थरुहट–अवध–मगरात’ राख्न उपयुक्त हुने पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले बताउनु भयो ।
संघीयता भनेकै ऐतिहासिक पहिचान,अधिकार र अपनत्वका लागि हो–यादवले भन्नु भयो पञ्चायती व्यवस्थाकै जस्तो पहिचान विरोधी नामाकरण समाजवादीलाई स्वीकार्य छैन ।
पार्टीले प्रदेशको स्थायी राजधानी प्रदेशका सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थानमा राख्न माग गरेको छ । सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थान कहां भन्ने बारे भने पार्टीले स्पष्ट पारेको छैन । पार्टीले प्रदेशको नामाकरण र स्थायी राजधानी सम्बन्धमा मुख्यमन्त्री शंकर पोखरेललाई बुधवार नै ज्ञापनपत्र समेत बुझाएको छ ।
यस्तै पार्टीले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतसंग सीमा जोडिएका सबै नाकामा क्वारेन्टाइनको व्यवस्था गर्न,हालै परेको असिना पानीले अन्नबाली र तरकारीमा पारेको क्षतिको क्षतिपूर्ति दिन,कृषि अनुदान पहुंचवालालाई भन्दा वास्तविक किसानले पाउने गरी कार्यदल बनाएर मात्र वितरण गर्न माग गरेको छ ।
जनयुद्ध,मधेश तथा थरुहट आन्दोलनका क्रममाघाइते,अपांगहरुको निःशुल्क उपचार गर्न र झुठा मुद्दा खारेज गर्न समेत माग गरेको छ ।
जनयुद्धका समयमा तत्कालीन जनसरकारले जग्गा किनबेच सम्बन्धी गरेको निर्णयका कारण अहिले जनता दुई मारमा परेकाले पीडित नागरिकलाई न्याय दिन सर्वपक्षीय कार्यदल गठन गरी समस्या समाधान गर्न पार्टीले माग गरेको छ । चुरे क्षेत्रमा भैरहेको ब्यापक दोहनले पर्यावरणमा पारेको असरलाई रोक्न,प्रदेशमा व्याप्त महिला हिंसा लगायत जघन्य अपराध,कुटपिट,बलात्कार जस्ता घटना बढ्दै गएकाले दोषीलाई पक्राउ गरी कारवाही गर्न र हिंसा न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गर्न र अव्यवस्थित तथा सुकुम्बासी समस्या समाधान गरी व्यवस्थित र सुरक्षित आवासको हकलाई व्यवहामा लागु गर्न पार्टीले माग गरेको अध्यक्ष यादवले बताउनु भयो ।

≪ Previous Post

इन्द्रेणीद्वारा अनाथ, असहाय र दृष्टिविहीनलाई सहयोग

Next Post ≫

कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क