Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ इन्द्रेणीद्वारा अनाथ, असहाय र दृष्टिविहीनलाई सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

इन्द्रेणीद्वारा अनाथ, असहाय र दृष्टिविहीनलाई सहयोग

संसारपोस्ट संवाददाता · ५ चैत्र २०७६ · 0
इन्द्रेणीद्वारा अनाथ, असहाय र दृष्टिविहीनलाई सहयोग
60
SHARES
ShareTweet


बुटवल, ५ चैत । बुटवल सुख्खनगर धर्मपथमा रहेको इन्दे्रणी बहुउद्देश्य सहकारी संस्थाले आफ्नो स्थापनाको २५ वर्ष विभिन्न रचनात्मक कार्यक्रम गरेको मनाएको छ । सहकारीले अनाथ, असहाय तथा दृष्टि बिहीनलाई शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ता कपडा वितरण गरेर स्थापना दिवस मनाएको हो । सहकारीले बुटवल–७ दीपनगरमा रहेको सन्तोषी माता गुरुकुल विद्यापिठ निलकण्ठ बाबाधामका बटुक विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गर्याे । सहकारीका अध्यक्ष धुर्वकुमार घितालले विद्यापिठका उपाध्यक्ष चुरामणी पौडेललाई बटुकका लागि सहयोग गरिएका कपि कलम तथा खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । यस्तै संस्थाले बुटवल–८ खुख्खानगरमा रहेको मानवसेवा आश्रममा आश्रित असहायकका लागि नगद सहयोग गरेको छ । अध्यक्ष धितालले आश्रमका संचालक लोकनाथ भुषाललाई १६ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी सहकारीले तिलोत्तमा मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका दृष्टिविहीनहरुलाई ब्रेललिपी, खाद्यान्न लगायतका सामग्री वितरण गरेको छ । अध्यक्ष धितालले विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई उक्त समाग्री हस्तान्तरण गर्नु भएको हो । संस्थाका सचिव माया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मित्रबहादुर शाक्य, उपाध्यक्ष कृष्णप्रसाद अर्याल लगायतले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिदै संस्थाले स्थापना दिवसमा विभिन्न क्षेत्रमा गरेको सहयोगको सर्हना गर्दै स्थापना दिवसका अवसरमा गरिने कार्यक्रमहरु वर्षभरी निरन्तर गरिने बताउनुभयो । दुई हजार ३ सय शेयर सदस्य रहेको ईन्द्रेणीको शेयर पुँजी ७ करोड र समुदायमा शेयर सदस्यका लागि ४० करोड लगानी गरेको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।

≪ Previous Post

शाइन रेसुंगाको ५० गुणाले चुक्ता पुंजी बृद्धि

Next Post ≫

पहिचानका आधारमा प्रदेश पाँचको नाम थरुहट–अवध–मगरात राख्न समाजवादीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क