Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना संक्रमण, आंतकित र भ्रम छर्ने गतिविधि नगरौ :स्वास्थ्य विज्ञ
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमण, आंतकित र भ्रम छर्ने गतिविधि नगरौ :स्वास्थ्य विज्ञ

संसारपोस्ट संवाददाता · १ चैत्र २०७६ · 0
कोरोना संक्रमण, आंतकित र भ्रम छर्ने गतिविधि नगरौ :स्वास्थ्य विज्ञ
100
SHARES
ShareTweet

‘कपडाको माक्स जनस्वास्थ्य हित विपरित’



बुटवल, १ चैत्र । विश्वमा नै भयावह रुपमा संक्रमित रहेको कोरोना भाइरस (कोेभिड—१९) को संक्रमणबाट बच्न आंतकित पार्ने र भ्रम फैलने सन्देश एवं गतिविधि नगर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । कोरोनाका विषयमा सर्वसाधारणलाई त्यसबाट बच्ने उपायका रुपमा दिने गरिएका कतिपय सुझाव र फैलाइएका सन्देशहरु बढी आंतकित गराउने खालका भएका कारण सचेत हुन उनीहरुले आग्रह गरेका टन् ।
रोटरी क्लब अफ बुटवलले आफ्नो १३०२ औं नियमित बैठकका अवसरमा शनिवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीले सामाजिक सञ्जालमा आएका सूचनाहरुले भ्रम छर्ने काम गरेको हुदा कोरोनाका बारेमा स्वास्थ्यकर्मी तथा फोकलपर्सनहरुले दिएका सुझाव र सल्लाहाअनुसार गतिविधि गर्न आग्रह गनुर्् भयो । डा. गिरीले हामीले पब्लिक हेल्थका विषयमा बोल्दा र सुझाव दिदा एकरुपता ल्याउनु जरुरी भएको भन्दै कोरोना नेपालमा नभएको र आउन पनि नसक्ने हुदा त्रसित होइन सचेत हुनु जरुरी रहेको बताउनु भयो ।


डा. गिरीले बजारमा कोरोनाका नाममा वितरण गरिएका कपडाका माक्सहरु जनस्वास्थ्य हित विपरित भएको हुदा त्यसको प्रयोग नगर्न आग्रह पनि गर्नु भयो । उहांले अस्पताल, हेल्थ डेस्क तथा सरकारले तोकेका फोकल पर्सनबाट मात्र कोरोनाका बारेमा जानकारी लिने र संक्रमणको शंका भएमा स्वास्थ्य उपचारको लागि सम्पर्क गर्न आग्रह गर्नु भयो ।
निर्देशक डा. गिरीले कोरोनाको संक्रमण भएका देशमा रहेका वा विदेशबाट आएका व्यक्तिहरुमा मात्र यस्को संक्रमणको डर हुने हुदा त्यसको निगरानी नै पहिलो प्राथमिकता हुनु पर्ने बताउदै यसको संक्रमणको सबैभन्दा बढी सम्भावना उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी र संक्रमितको परिवारको सदस्य हुने जानकारी दिनु भयो ।
उहांले ५ नं. प्रदेशमा मेडिकल माक्स र स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सामाग्रीको अभाव रहेको हुदा त्यसको उपलब्धताका लागि सामाजिक संघसंस्थाहरुले दातृनिकायहरुसंग पहल गर्न आग्रह गर्नु भयो । यस प्रदेशमा ल्यावटेष्टका लागि ३ जना प्राविधिकलाई विषेश तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याएको जानकारी उहाले दिनु भयो ।
सो अवसरमा स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५ का प्रवक्ता रोशनलाल चौधरीले जनशक्तिको अभावकावीच पनि कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि काम भैरहेको बताउंदै सर्वसाधारण नागरिक आंतकित भएर होइन सचेत भएर आफै लाग्नु पर्ने सुझाव दिनु भयो ।
चौधरीले प्रदेशमा विभिन्न सरकारी तथा नीजि अस्पतालहरुमा हालसम्म ८९ वेड आइसोलेसनका लागि तयार गरिएको जानकारी दिदै क्वारेन्टाइनको व्यवस्था पनि छिटै गरिने बताउनु भयो । उहांले प्रदेश ५ मा तीन ठाउंमा क्वारेन्टाइनको व्यवस्था गर्न थालिएको बताउनु भयो । उहांका अनुसार बुटवलमा बुटवल धागो कारखाना भवन, दाङमा वेलझुल्डीमा रहेको अर्युवेदिक अस्पतालको भवन र बांकेमा खजुरास्थित कपास निगमका भवनलाई क्वारेन्टाइन क्षेत्र तोकिने तयारी भएको छ ।
क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्याय, कृष्णप्रसाद पराजुली, मधु अर्याल, मणिरत्न पाण्डे, विन्धाकेशर जोशी लगायतले बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव रोमनाथ शर्मा र स्वागत गोपाल बस्यालले गर्नु भएको थियो ।

≪ Previous Post

रुपन्देहीको घोडाहामा टिप्पर दुर्घटना : चाकल सहित दुई जना गम्भिर

Next Post ≫

रुपन्देहीको घोडाहामा भएको दुर्घटनामा महिलाको मृत्यु, चाकल गम्भिर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क