Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ वृद्धि गरेको शुल्क फिर्ता गर्न माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वृद्धि गरेको शुल्क फिर्ता गर्न माग

संसारपोस्ट संवाददाता · २४ असार २०७६ · 0
वृद्धि गरेको शुल्क फिर्ता गर्न माग
60
SHARES
ShareTweet


काठमाडौँ, २४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कक्षा ११ र १२ को बढाइएको शुल्क फिर्ता गर्न माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले सरकार र अन्य सम्बद्ध निकायले तोकेको मापदण्ड अवज्ञा गर्दै बढाइएको शुल्क फिर्ता गर्न माग गरेका हुन् ।
अनेरास्ववियुका कार्यवाहक संयोजक रञ्जित तामाङको नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई सिंहदरवारमा पाँचबुँदे ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्रमा कक्षा १२ सम्मको शिक्षा विद्यालय शिक्षामा परिणत भइसकेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयले भर्ना भएका कूल विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने र स्थानीय तहले छात्रवृत्तिका लागि सिफारिस गर्दा विद्यार्थीलाई भेदभाव गरेको पाइएकाले त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ । यसैगरी विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि लिएर क्याम्पस प्रमुखसम्मको नियुक्ति दलीय भागवण्डाका आधारमा हुने प्रवृत्ति अन्त्य गर्दै विद्यमान ऐन संशोधन गरेर यस पटकबाटै लागू हुनेगरी खुला प्रतिस्पर्धाका आधारमा पदाधिकारी छनौट हुने व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।
विभिन्न विश्वविद्यालयमा परीक्षा, भर्ना, सम्बन्धन, नियुक्तिलगायतका क्षेत्रमा देखिएका समस्या अविलम्ब समाधान गरी विश्वविद्यालयको साख र गरिमा धुमिल पार्ने भ्रष्ट पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विद्यार्थीका जायज मागलाई सम्बोधन गर्ने बताउनुभयो । (रासस)

≪ Previous Post

राष्ट्रिय परिचयपत्र साउनदेखि १५ जिल्लामा वितरण हुने

Next Post ≫

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क