Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ईच्छा भावना र मनले सुकुम्वासी वस्तीमा बन्यो शिवालय मन्दिर
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

ईच्छा भावना र मनले सुकुम्वासी वस्तीमा बन्यो शिवालय मन्दिर

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0
ईच्छा भावना र मनले सुकुम्वासी वस्तीमा बन्यो शिवालय मन्दिर
90
SHARES
ShareTweet

बुटवल १० फागुन
मानिसमा ईच्छा भावना र मन हुनेहो भने सामाजिक कामका लागि आर्थिकको समस्या हुदैन भन्ने कुराको प्रमाणित गरि दिएका छन रुपन्देहीको सुकुम्वासी वस्तीमा वसेका वासिन्दाहरुले ।
रुपन्देही जिल्लाको तिलोत्तम नगरपालिका वडा नम्वर ११ भुपु सैनिक स्थित ५ नम्वर टोलका सुकुम्वासीहरुले टोलमा १६ लाख लागतमा शिवालय मन्दिर बनाएर शिवरात्रीको दिन शुक्रवार उदघाटन समेत गरेका छन । उक्त टोलमा करिव ३ सय घर परिवार सुकुम्वासी रहेका छन ।
विसं २०६८ सालमा सानो खरको छानो राखेर वनाएको शिवालय मन्दिर अहिले पक्कि र सुन्दर बनाईएको छ ।
स्थानिय भिमसेन श्रेष्ठ (प्रेम)को सक्रियतामा शुरु गरिएको मन्दिर निर्माणका लागि शिव मन्दिर निर्माण समिति गठन गरि काम गरिएको समितिका अध्यक्ष तोला कान्त अधिकारीले बताउनु भयो ।
मन्दिर निर्माणका लागि भिमसेन श्रेष्ठले १ लाख २५ हजार, महेन्द्रध्वज विष्टले १ लाख १५५, जनक कोईरालले ५१ हजार १५१, तिलोत्तमा नगरपालिकाले ५० हजार, ओम वहादुर खाम्चा २१ हजार ५ सय सहयोग प्रदान गर्र्नु भएको छ । त्यसैगरी खोम वहादुर राना १५ हजार १५५, धन वहादुर मगर १० हजार १५५,तेज वहादुर कुवंर ५ हजार ५५५, गंगा मगर ५ हजार ५, कपिल कोईराला ५ हजार ५, नारायण प्रसाद कोईराला ५ हजार १ सय सहयोग गर्नु भएको छ । त्यस्तै सरिता लम्साल २२ हजार वरावरको मन्दिरको गजुर, कामधेनु शिवमन्दिरवाट शिव लिगं मन्दिरका लागि सहयोग प्राप्त भएको भिमसेन श्रेष्ठले बताउनु भयो ।
वाँकी स्थानिय जनताको जनश्रमदानवाट मन्दिर निर्माण सम्पन्न गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।
२ कठृा जमिन समितिको नाममा रहेको र अव दैनिक रुपमा पुजा गरिने र शिवरात्री र श्रावणी मेलामा एक महिना नै विशेष गरि मनाउने पनि निर्णय गरिएको मन्दिर निर्माण समितिका संयोजक महेन्द्र ध्वज विष्टले बताउनु भयो ।
मन्दिरको एक समारोहका बीच कृष्ण बहादुर श्रेष्ठ र भिमसेन श्रेष्ठले शिवारात्रीको पुजा गरि मन्दिरको शुभारम्भ गर्नु भएको हो ।
मन्दिरको शुभारम्भ सगै हिन्दु धर्मालम्वीहरु विहानैदेखि मन्दिरमा पूजा गर्नका लागि लाईन लागेका थिए ।

≪ Previous Post

एमसिसी बाइवल होइन परिमार्जन सहित अनुमोदन हुन्छ : प्रचण्ड

Next Post ≫

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा पुनः चौहान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क