Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ दीप गायन तारामा १० जना अन्तिम चरणका लागि छनोट
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीप गायन तारामा १० जना अन्तिम चरणका लागि छनोट

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0
दीप गायन तारामा १० जना अन्तिम चरणका लागि छनोट
90
SHARES
ShareTweet

बुटवल, ४ फागुन
बुटवल–८, सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले आइतबार नवौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न गरेको छ ।
प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका ४८ वटा माध्यमिक विद्यालय (कक्षा १० सम्म) का ४८ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १५ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये १० वटा विद्यालयका १० जना विद्यार्थीहरू फागुन ५ गते हुने अन्तिम चरणका लागि छनोट भएका छन् ।
उक्त प्रतियोगीहरूमध्ये स्मृति बोर्डिङ स्कुलकी छात्रा श्रेया शर्मा, शान्ति नमुना मा.वि.का कुशल आचार्य, डन चिल्ड्रेन एकेडेमीकी विज्ञानी पराजुली, एभरेष्ट बोर्डिङ स्कुलकी सचिना पन्थी, गणेश ज्ञान ज्योति विद्यालयका विशाल रिजाल, कालिका मानवज्ञान मा.वि.की प्रकृति बस्याल, मुनाल बोर्डिङ स्कुलका प्रशन्न के.सी, सिद्धार्थ बोर्डिङ स्कूलका सलिन भट्टराई, पर्ल सेकेन्डरी स्कुलका कृष गुरुङ र देवदह मदरटङ्ग स्कुलबाट सुमन गुरुङ उत्कृष्ट १० मा छनौट हुन सफल भएका छन ।
उक्त १० प्रतिष्पर्धीमध्येबाट सोमबारका दिन पुनः दुई चरणको प्रतिस्प्रर्धाबाट उत्कृष्ट ५ जना चयन गरी पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बुटवलको मात्र नभएर राष्ट्रको शैक्षिक उन्नयनमा दीप बोर्डिङ हाई स्कूलले महत्वपूर्ण योगदान पु¥याएको बताउँदै विद्यार्थीहरूमा अन्तर्निहित गायन प्रतिभा उजागर गरी राष्ट्रिय कलाकार उत्पादन गर्ने महत्वपूर्ण कार्य गरिरहेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजारका साथ शिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजारका साथ शिल्ड र प्रमाणपत्र, तृतीय हुनेले १० हजारका साथ शिल्ड र प्रमाणपत्र तथा चतुर्थ हुने २ जनाले दुई÷दुई हजारका साथ शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् भने अन्तिम चरणमा समावेश यस बाहेकका अन्य ५ जना प्रतिस्पर्धीले समेत १÷१ हजारका साथ प्रमाणपत्र पाउने विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लोकनाथ ज्ञावली, प्याब्सनका कुलराज शर्मा, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ, वडा सदस्य भवानी सुवेदी, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र प्ल टु संयोजक वसन्त कुमार जोशी, गायन तारा प्रतियोगिता नवौँ संस्करणका संयोजक विकास हमालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले गर्नुभएको थियो ।

≪ Previous Post

रुपन्देहीको नयाँमिलमा वोलेरो पिक अप अनियन्त्रित भएर दुर्घटना हुदाँ चालकको मृत्यु २ घाईते

Next Post ≫

छोरीलाई करणी गरेको अभियोगमा फरार बुवा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क