Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघले स्थापना दिवस मनाउने
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघले स्थापना दिवस मनाउने

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0
बुटवल उद्योग बाणिज्य संघले  स्थापना दिवस मनाउने
80
SHARES
ShareTweet


बुटवल, ४ फागुन । यस क्षेत्रकै सबैभन्दा पुराना नीजि क्षेत्रको संस्था बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ६७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईँदै छ । यस क्षेत्रका उद्योगी व्यबसायीहरुको पहलमा २००९ साल फागुन १० गते बुटवल उद्योग बाणिज्य संघको स्थापना भएको थियो ।

संघको ६७ औं स्थापना दिवसको अवसरमा रक्तदान, दीपावली तथा व्यबसायिक समस्याका बिषयमा बहस अन्तरक्रिया लगायतका कार्यक्रम गरेर मनाउन लागिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । संघ सचिवालयमा आईतबार बसेको कार्यसमितिको बैठकले स्थापना दिवस मनाउने निर्णय गर्दै त्यसकालागि कार्यसमिति सदस्य प्रकाशकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

संघको स्थापना दिवसको अवसरमा फागुन १० गते शनिबार संघका बस्तुगत समितिहरुको संयोजनमा रक्तदान कार्यक्रम गरिने छ । रक्तदान कार्यक्रमकालागि ईन्धन बस्तुगत समितिका सभापति नारायण खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तैगरी सोही दिन साँझ संघमा दीपावली कार्यक्रम गरिने छ भने ११ गते आईतबार व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।

त्यसै कार्यक्रममा संघका पूर्वअध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । संघले प्रत्येक स्थापना दिवसमा पूर्वअध्यक्षहरुममध्येबाट १ जनालाई सम्मान गर्दै आएको छ । यो वर्ष पूर्वअध्यक्ष राजभण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस बाहेक पनि संघको स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रम गर्न संघलले बस्तुगत समितिहरुलाई आह्वान गरेको संघका अध्यक्ष हमालले बताउनु भयो । कार्यसमितिको बैठकपछि संघकै सचिवालयमा बस्तुगत समितिका सभापतिहरुसंग पनि स्थापना दिवसकै अवसरमा छलफल गरिएको थियो । छलफलमा बस्तुगत समितिका सभापतिहरु समितिका तर्फबाट रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

((

≪ Previous Post

सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे

Next Post ≫

रुपन्देहीको नयाँमिलमा वोलेरो पिक अप अनियन्त्रित भएर दुर्घटना हुदाँ चालकको मृत्यु २ घाईते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क