Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लिटिल प्याराडाईज शुन्य पोलिथिन मुक्त विद्यालय घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लिटिल प्याराडाईज शुन्य पोलिथिन मुक्त विद्यालय घोषणा

संसारपोस्ट संवाददाता · २३ माघ २०७६ · 0
लिटिल प्याराडाईज शुन्य पोलिथिन मुक्त विद्यालय घोषणा
70
SHARES
ShareTweet

विद्यार्थीहरुले गरे भलवारी क्षेत्रमा सरसफाई

फुलु सुनार



भलवारी, २३ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, भलवारीमा अवस्थित लिटिल प्याराडाईज ईङ्गलिश मिडियम स्कूल शुन्य पोलिथिन मुक्त विद्यालय घोषणा भएको छ ।
तिलोत्तमा नगरपालिकाले शुरु गरेको शुन्य पोलिथिन अभियानलाई सार्थक वनाउन लिटिल प्याराडाईज ईङ्गलिश मिडियम स्कूलले विद्यालयको रजत जयन्तीको अवसरमा विद्यालयलाई शुन्य पोलिथिन मुक्त विद्यालय घोषणा गरेको हो ।
बिहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच नगरपालिकाको शुन्य पोलिथिन अभियानका अभियन्ता वातावरणविद निपेश ढकालले विद्यालयलाई शुन्य पोलिथिन मुक्त क्षेत्र घोषणा गर्नु भएको हो ।
सो अवसरमा सिम नेपालका संयोजक समेत रहनुभएका ढाकाले विद्यालयका विद्यार्थीहरुलाई ‘म प्लाष्टिक प्रयोग गर्दिन, बाटोमा सडकमा जथाभावि प्लाष्टिक फाल्दिन, म प्लाष्टिकको ब्यबस्थापन गर्छु, चेतनाको बिकास भएपछि प्लाष्टिक प्रयोग गर्दिन, प्लाष्टिकजन्य बस्तु जलाउनु सामाजिक अपराध हो जस्ता संकल्प गराउनुभएको थियो ।
उहांले तिलोत्तमालाई नमुना नगरपालिका बनाउने र नगरबासीमा वातावरण सम्बन्धि सचेतना अभिबृद्धिका लागि शुन्य प्लाष्टिक अभियान सञ्चालन गरिएको बताउनुभयो ।
यो घोषणा संगै अव विद्यालयले विद्यालय परिसर र विद्यालय क्षेत्र वरपर प्लाष्टिकजन्य फोहोर फ्याक्न पाउने छैन यदि यसको कार्यान्वयन नगरे र वा जथाभावि पोलिथिन जन्य वस्तुहरु फालेको पाइएमा जरिवाना लिने नीति नगरपालिकाले बनाएको छ ।
कार्यक्रममा तिलोत्तमा वडा नं. ७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले सिम नेपालले शुन्य पोलिथिन अभियानमा सहकार्य गरेकोमा संस्था प्रति आभार ब्यक्त गर्दै शुन्य पोलिथिन मुक्त विद्यालय घोषणा गरेकोमा विद्यालय ब्यस्थापन समिति, शिक्षक, विद्यार्थीहरुलाई धन्वाद ज्ञापन गर्दै घोषणालाई ब्यवहारमा देखिने गरि कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाको ‘‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’’ भन्ने नारालाई सार्थक वनाउन शुन्य पोलिथिन अभियान संचालन गरिएको वताउनु भयो । उहांले पोलिथिनजन्य बस्तुको प्रयोगलाई निरुत्साहित गर्न सके र यस विषयमा आम नागरिकलाई सुसुचित गर्न सकेमा हरियाली नगर बन्न सक्ने बताउदै पहिलो चरणमा नगरपालिकाले प्लाष्टिकका झोला, प्लेट र चम्चाको प्रयोगमा रोकथाम र ब्यबस्थापन गर्ने अभियान संचालन गरिएको बताउनुभयो ।
पछिल्लो समय तिलोत्तमा नगरलाई शुन्य पोलिथिन क्षेत्र बनाउन सिम नेपालले सरोकारवालाहरुसंगको सहयोग र सहकार्यमा ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नाराका साथ अभियान सञ्चालन गरेको उहांले वताउनु भयो ।
विद्यालय शुन्य पोलिथिन घोषणा संगै पोलिथिनको प्रयोगलाई निरुत्साहित गर्न विद्यालयका ४ सय बढी विद्यार्थीहरुले भलवारीको दल्का, जहदा, सुनैनापथ, लोकेटारलगायतका क्षेत्रमा सरसफाइ समेत गरेका थिए ।


विद्यालयका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता र प्रधानाध्यापक केएन सागर ज्ञवालीले स्वागत र देबेन्द्र अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

≪ Previous Post

प्रदेस ५ सरकारले जनप्रतिनिधीलाई तलवको सटृा सुविधा

Next Post ≫

‘प्रदेश सभा सदस्यहरुको ध्यान कानून निर्माण भन्दा विकास निर्माणमा’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क