Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको मेलामा रत्यौली प्रतियोगितामा योगिकुटीको शान्तिकुञ्ज समुह प्रथम
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको मेलामा रत्यौली प्रतियोगितामा योगिकुटीको शान्तिकुञ्ज समुह प्रथम

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0
बुटवलको मेलामा रत्यौली प्रतियोगितामा योगिकुटीको शान्तिकुञ्ज समुह प्रथम
80
SHARES
ShareTweet

बुटवल, २० पुस
बुटवलमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको रत्यौली प्रतियोगितामा बुटवल योगिकुटीको शान्ति कुञ्ज समुह प्रथम भएको छ । हिन्दु परम्पराअनुसार विवाहमा दुलाहाको घरबाट जन्ती प्रस्थान भएपछि नाचिने लोपोन्मुख रत्यौली नाच मौलिक परम्परा अनुसार प्रस्तुत गरि समूहले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

सो समूहमा बुटवल उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मीनगरका सिता भट्टराई, मिना ज्ञवाली, गंगा पन्थी, गोमा ज्ञवाली र गिता अर्यालको सहभागिता थियो भने शान्तिकुन्ज जोगिकुटी बाट मिना पौडेल, निमर्ला आचार्य, सम्झना गौतम, कमला ज्ञवाली, सरस्वती र ज्ञानु भुसाललगायतको सहभागिता रहेको थियो ।

शनिबार र आईतबार गरि दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा तल्लो देवीनगर आमा समुह द्वितीय, मिलिजुली समुह तृतीय, जनजागरण समुह सान्त्वना भएका छन् । त्यस्तै मनकामना समुहलाई प्रोत्साहन गरिएको छ ।


प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैंया नगद सहित पुरस्कार प्रदान गरिएको छ भने प्रतिस्पर्धीहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । प्रतिस्पर्धामा सहभागि समुहहरुले पूर्ण विवाहको झल्को दिनेगरी प्रस्तुती गरेका थिए ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा यस क्षेत्रमै पहिलो पटक रत्यौली प्रतियोगिता आयोजना गरिएको थियो । बिशेष गरेर विवाहमा जन्ती गएपछि महिलाहरुले विवाहलाई जोडेर नाचगान गरेर रमाईलो गर्ने परम्परा (रत्यौली संस्कृति)लाई जगेर्ना गर्नकालागि प्रतियोगिता आयोजना गरिएपनि दर्शक तथा मेलाका अवलोकन कर्ताहरुले कौतुहलता पूर्वक लिएका थिए । प्रतियोगिता पश्चात रत्यौली संस्कृति लोप हुन लागेको र यसलाई बचाईराख्नकालागि प्रतियोगिता गरेर उद्योग बाण्ज्यि संघले राम्रो कामको थालनी गरेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
त्यस्तैगरी आईतबार दोहोरी गीत प्रतियोगिता, लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, पुरुषोत्तम पौडेल, अमृता नेपाली, नन्दु परियार, हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) को प्रस्तुती रहेको थियो भने भोली सोमबार लोक तथा दोहोरी गायक ईन्द्र जिसी, पुस्कल शर्मा, अमृता लामिछाने, कला लम्साल, बसन्त लम्साल, रबिन लामिछाने, नीता पुन, हास्यकलाकार पुर्खे बा लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक टंकप्रसाद गैरेले जानकारी गराउनु भयो । त्यस्तैगरी लोक तथा दोहोरी गीत प्रतियोगिता र भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहने आधुनिक कार्यक्रम व्यबस्थापन उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी गराउनु भयो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा आईतबार पनि अवलोकन कर्ताको उत्साहजनक सहभागिता रहेको थियो । मेलामा आईतबार प्रदेश पाँचका प्रदेश सभा सदस्यहरु दावा शर्मा, थानकुमारी थापा, रमा अर्याल, उद्योग व्यापार संघ रुपन्देही तथा अन्य संघसंस्थाबाट मेलामा संस्थागत अवलोकन गर्नुभएको थियो । त्यस्तै संघका पूर्व अध्यक्षहरुले मेलामा नियमित प्रत्यक्ष निगरानी गरिरहनु भएको छ ।

≪ Previous Post

स्वास्थ्य केन्द्र स्थापना भएको २४ वर्षपछि धकधईमा एक्सरे सेवा

Next Post ≫

बुटवल प्रहरीद्वारा तिलोत्तमाको जानकीनगरबाट १५ किलो चरेश सहित २ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क