Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0
नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी
70
SHARES
ShareTweet



नवलपुर, १४ पुस । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा आईतबारराति आगजनी गरिएको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा आगजनी भएको हो । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन ।
आईतबारराति अज्ञात समूहले पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. १४ को वडा कार्यालयमा आगजनी गरेको हो । आगलागीबाट कार्यालयमा सामान्य क्षति भएको छ ।
साविक अग्यौली गाविसको कार्यालयमा आगलागी भएको हो । घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।
वडाध्यक्ष जीतबहादुर महतोका अनुसार प्रशासन कक्षको झ्यालबाट मोबिल पोखेर आगो लगाउँदा झ्यालमा रहेको पर्दा सल्किएर डष्टबिनसम्म आगो पुगे पनि अरु भने क्षति हुन पाएको छैन ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट प्रहरी टोली र कावासोती नगरपालिका प्रमुख चन्दंकुमारी पुन समेतको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेको छ ।
उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा पनि आईतबारराति नै आगजनी भएको छ । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नं. ३ बसन्तपुर स्थित पक्की भवनमा रहेको वडा कार्यालयमा आगजनी हुंदा वडा अध्यक्षको कार्यकक्ष समेत जलेर नष्ट भएको छ । आगलागीबाट कार्यालयको कुर्सी, टेवल, दराज र कागजपत्र पनि जलेर नष्ट भएको छ ।
वडाध्यक्ष सरिता त्रिपाठीका अनुसार दराजमा रहेको ३५ हजार रुपैया समेत लुटिएको र कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर समेत जलेर नष्ट भएको छ । आगजनी किन र कस्ले ग¥यो भन्ने केही खुल्न सकेको छैन । वडा कार्यालयहरुमा भएको आगलागीको जिम्मा कसैले लिएको छैन ।
यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उक्त वडा कार्यालय साविक वसन्तुपर गाविसको कार्यालय रहेको कार्यालय हो ।
स्थानीय र प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगजनी गरेको हुन सक्ने आशंका गरेका छन् । तर सो पार्टीले अलग अलग विज्ञप्ती प्रकाशित गरेर सो घटनामा को कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
नेकपा नवलपुरका सेक्रेटेरी शितल र कपिलवस्तुका सेक्रेटेरी अडानको नामबाट प्रकाशित गरिएका अलग अलग प्रेस बिज्ञप्तिमा दुबै वडा कार्यालयहरुमा भएको आगजनीमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको सुरक्षा निकाय र सम्पूर्ण जनसमुदायहरुमा स्पष्ट पार्न चहान्छौं भनिएको छ ।

≪ Previous Post

बुटवलमा संचालित दोस्रोे सडक खाना महोत्सवमा दर्शकहरुको घुईचोको झलकहरु

Next Post ≫

नेता पक्राउ र धरपकडको विरुद्ध कावासोतीमा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क