Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ वाङ्मयद्वारा टंकनाथको ‘मेरो देश’ कृतिको समीक्षा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वाङ्मयद्वारा टंकनाथको ‘मेरो देश’ कृतिको समीक्षा

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0
वाङ्मयद्वारा टंकनाथको ‘मेरो देश’ कृतिको समीक्षा
60
SHARES
ShareTweet

कृतिमा नेपाली माटो, स्वाधीनता, अखण्डता र राष्ट्रप्रेमको भाव व्यक्त



ङ्सिर–७, बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार कृति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कवि टंकनाथ ज्ञवालीद्वारा रचित ‘मेरो देश’ कृतिको समीक्षा छन्दका अभियन्ता कवि कविराज पौडेल र संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष हिमलाल ज्ञवालीले ‘मेरो देश’ कृतिले नेपाली माटो, स्वाधीनता, अखण्डता र राष्ट्रप्रेमको भाव व्यक्त गरेको भन्दै देशको वर्तमान सीमा सम्बन्धमा देखिएको समस्या समाधानका लागि सबै नेपाली मिलेर देशको भूभाग जोगाउनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी लेखक तथा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव ऋषि आजादले भाषा, साहित्य, कला र संस्कृति संरक्षणमा वाङ्मय प्रतिष्ठान निरन्तर रूपमा लागिरहेको र यसमा सबैले साथ दिन अनुरोध गर्नुभयो ।
वाङ्मयका रुपन्देही अध्यक्ष पुरुषोत्तम पाण्डेयले देशप्रेमी र राष्ट्रभक्त नेपालीहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भएको वैदेशिक हस्तक्षेप रोक्न आआफ्नो ठाउँबाट सबै लाग्नुपर्ने र रचनामार्फत् सीमा अतिक्रमणको खबरदारी गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी रुद्रलाल उपाध्याय, गीता बन्जाडे, हरिप्रसाद शर्मा पोखरेल, पुनाराम घिमिरे, गणेश घिमिरे, वसन्ता गैर,े पीताम्बर भण्डारीलगायतले शुभकामना मन्तव्य, माधव सापकोटाले स्वागत मन्तव्य र टंकनाथ ज्ञवालीले कृतिको रचनागर्भका बारेमा मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रममा रामनाथ गौतम, शालिकराम रिजाल, रुद्रप्रसाद आचार्य, महेन्द्र प्रसाद भुसाल, कृष्णप्रसाद रेग्मी, खिमप्रसाद आचार्य, ताराप्रसाद अर्याल, पुनाराम घिमिरे, घनश्याम ज्ञवाली, हरिप्रसाद शर्मा, रमा आचार्य, शारदा गौतम, भोजराज ज्ञवाली, वेदराज ज्ञवाली, सुरेश अर्याल, यज्ञलाल सुवेदी, रामप्रसाद आचार्य, रमेश ज्ञवाली, नारायणप्रसाद बन्जाडे, माधव कुमार पौडेल, सालिगराम गौतम, हरि बहादुर थापा, कुल विक्रम खनाल लगायतले पनि भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण घिमिरे गाउँलेले गर्नुभएको थियो ।

≪ Previous Post

सवारी दुर्घटनामा अधिकारीको निधन

Next Post ≫

बालमैत्रि तथा वालश्रम मुक्त ईटा उद्योगलाई ५० हजार सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क