Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जवरजस्ती करणी गर्ने र गुण्डागर्दी गर्ने ९ जना पक्राउ
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जवरजस्ती करणी गर्ने र गुण्डागर्दी गर्ने ९ जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0
जवरजस्ती करणी गर्ने र गुण्डागर्दी गर्ने ९  जना पक्राउ
100
SHARES
ShareTweet


ईटहरी, १४ असोज । ईलाका प्रहरी कार्यालय ईटहरी, सुनसरीले सार्वजनिक वसमा एक युवतीलाई सामुहिक जवर्जस्ती करणी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
सोमवार सांझ ६ बजेको समयमा धरानबाट बिराटनगरका लागि छुटेको खाम्दाके यातायातको को १ ख ४६२७ नम्वरको बसमा धरानको तिनककुनेबाट बेलाबारी जान ईटहरी चोक आएकी सवार महिला परिवर्तित नाम एल मायालाई जावर्जस्ती करणी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको ईटहरी प्रहरीले जनाएको छ ।
निजहरुले ती महिलालाई बसबाट ओर्लन नदिई राती करिव साढे ९ बजेको समयमा ईटहरी स्थित साथी फ्युल पेट्र«ोल पम्प भन्दा केही पर वस रोकी जवर्जस्ती रक्सी समेत खुवाई वसको पछाडीको सिटमा बोल्न कराउन नदिई सामुहिक करणी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसका कन्टेक्टर सुमन मग्रान्ती र पुरानो कन्टेक्टर नितेश घिमिरे सहित सो बसका स्टाफ तथा अन्य बसका स्टाफहरुको मिलेमतोमा पीडित महिलालाई सामुहिक करणी गरेको भन्ने खबर हुनासाथ प्रहरी घटनास्थल पुगि घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले मोरङ सुन्दर हरैचा नगरपालिका १२ बस्ने ३३ बर्षीय विकास कसाई, झापा सुरुङाका २२ बर्षीय सूरज थापा, सिरहा लाहानका २६ बर्षीय सुरेन्द्र भुजेल र मोरङ बेलाबारीका आशिष कार्कीलाई तत्काल घटनास्थलवाट पक्राउ गरेको छ ।
घटना घटाई फरार रहेका नाके भन्ने बसका कन्टेक्टर सुमन मग्रान्ती र पुरानो कन्टेक्टर नितेश घिमिरेको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय ईटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीले ती महिलालाई जवरजस्ती गर्न आशिष कार्कीले सहयोग पुर्याएको भन्ने खुलेकाले उनीहरु विरुद्ध करणी सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको जनाएको छ ।

गुण्डा गर्दी गर्ने चार जना पक्राउ

यस्तै ईटहरी प्रहरीले खुकुरी देखाई गुण्डा गर्दी गर्ने चार जनालाई समेत पक्राउ गरेको छ ।
ईटहरी १० बस्ने सागार तामाङलाई धारिलो हतियार प्रहार गर्न खोज्ने ईटहरीका गोरे भन्ने अनिष सुवेदी, दोर्जे वाईवा, शिशिर वस्नेत र बोकी घिमिरेलाई पक्राउ गर्नुका साथै एक थान खुककुरी समेत बरामद गरेको छ । घटनामा संलग्न अन्य दुई जना फरार रहेकाले उनीहरुको खोजतलास भईरहेको छ ।

यस्तै ईटहरी प्रहरीले गुण्डागर्दी गरी मानिसहरुलाई डर, धाक, धम्की देखाई पैसा उठाउने ईटहरीकै ३२ बर्षीय अबिनास लिम्बुलाई पनि पक्राउ गरेको छ ।

≪ Previous Post

मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण

Next Post ≫

२०७६ साल असोज १५ गते बुधवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क