सैनामैना, १३ असोज । रुपन्देहीको सैनामैना नगरपालिकामा करिब १ करोड लागतमा ब्याडमिन्टन कबर्डहलको निर्माण गरिएको छ । सैनामैना नगरपालिकाको ७६ लाख ६० हजार, जिल्ला समन्वय समितिको १० लाख, खेलकुद बिकास समितको १० लाख, र सैनामैना ब्याड मिन्टन क्लबको ५ लाख गरी १ करोड १ लाख ६० हजारको लागतमा कबर्डहलको निर्माण गरिएको हो ।
सैनामैना –३ पुष्पनगरमा कवर्डहलको निर्माण गरिएको हो । तत्कालिन पर्रोहा ब्याडमिन्टन क्लबको पहलमा २०७२ सालदेखि कवर्डहलको काम शुरु भई अहिले आएर निर्माण सम्पन्न भएको सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दु बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
अहिले सैनामैना ब्याडमिन्टन क्लब गठन गरेका छौं उँहाले भन्नुभयो नगरपालिका, जिल्ला समन्वयन समिति र खेलकुद विकास समितिको बजेटबाट आधुनिक कवर्डहल निर्माण भएको हो । कबर्डहल निर्माणले ब्याडमिन्टन खेलाडीलाई थप हौंसला प्रदान गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । दैनिक रुपमा ब्याडमिन्टन खेलाडीहरुको संख्या बढिरहेको उँहाले बताउनुभयो । स्वास्थ्यको लागि ब्याडमिन्टन खेल लाभदायिक हुने भएकाले युवादेखि जेष्ठ नागरिक समेत खेल्न आउने गरेको क्लवका अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

कबर्डहल डोम्टा ईन्टरनेशनल डिजाईनमा निर्माण गरिएको नगरपालिकाका प्राविधिक चिरञ्जिवी पाण्डेयले जानकारी दिनुभयो । १२ खेलाडी खेल्न मिल्ने कबर्ड हलमा ८ सय मानिस अट्न सक्ने क्षमता रहेको छ ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सोमवार कबर्डहलको उद्घाटन गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । प्रदेशका सबै स्थानीय तहमा प्रदेश सरकारले खेलकुद क्षेत्रको संरचना निर्माणको लागि सशर्त अनुदानमा बजेट पठाएको उँहाले बताउनुभयो ।
प्रदेस सरकारकै बजेटमा दाङको घोराही र बुटवलको नयाँगाउँमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बन्दै गरेको छ मन्त्री बरालले भन्नुभयो– तिव्र गतिमा प्रदेशमा खेलकुदको विकास भएको उल्लेख गर्नुभयो ।
प्रदेश ५ का सांसद कलमलादेवि विश्वकर्माले स्वास्थ्यको लागि सबैले खेलकुदमा जोड दिनु पर्ने बताउनुभयो । खेलकुद प्रतियोगिताको लागि मात्र नभएर आफ्नै स्वास्थ्यको लागि पनि फलदायि रहेको उहांले बताउनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नगरमा खेलकुद क्षेत्रको विकासको लागि तिव्र गतिमा भौंतिक संरचना निर्माणमा जोड दिएको बताउनुभयो । उँहाले भन्नुभयो –सैनामैना ७ देउवापारमा अन्तर्राष्ट्रि गौतमबुद्ध क्रिकेट एकेडेमी निर्माणको काम भईरहेको छ भने मुर्गियामा राष्ट्रिय स्तरको खेलकुद मैदानको निर्माण भईरहेको प्रमुख कार्कीले बताउनुभयो । अरु विकास निर्माणको कामसँगै नगरपालिकाले खेलक्षेत्रको विकासलाई पनि प्राथमिकता दिएको उहांको भनाई छ ।
त्यस्तै कार्यक्रममा जिल्ला ब्याडमिन्टन क्लब रुपन्देहीका अध्यक्ष महेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष राजु गुरुङ्ग, सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दु बहादुर क्षेत्री, कृष्ण बहादुर केसी लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।
