Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0
मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ
60
SHARES
ShareTweet


ईटहरी, ९ असोज । ईलाका प्रहरी कार्यालय ईटहरीको क्षेत्रअधिकारमा पर्ने विभिन्न स्थान बाट विगत केही दिन देखि मोटरसाईकलहरुको हेन्डिल लक तोडी हेन्डिल छेउमा चाबी स्विचको तार काटी मोटरसाईकल चोरी हुने क्रम बढेपछि प्रहरीले चेकजाँच तथा गस्तीलाई प्रभावकारी बनाउदै चोरी कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ६ अन्तर्गत पर्ने ठाउँमा एउटा मोटरसाईकलमा ३ जना मानिस शंकाष्पद रुपमा गई रहेको अवस्थामा फेला पार्री रोकी सोधपुछ गर्दा मोटरसाईकल चोरीको भएको पाईएकाले प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


को ७ प ९३१७ नम्वरको होण्डा शाईन मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले भारत बिहार बस्ने वर्ष २५ को हरी किशोर शर्मा, सोही ठाउँ बस्ने वर्ष १९ को सुजित शर्मा र वर्ष २४ को सन्तोष शर्मालाई मोटर साईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
चोरीमा संलग्न रहेका ३ जनालाई चोरी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप सहित अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यस्तै ईटहरी प्रहरीले दशै खर्चको लागि आई एम ई बाट निकालेको पैसा चोरी गर्नेलाई पनि पक्राउ गरेको छ ।
तेह्रथुम खाम्लालुङ आठराई गाउँपालिका वडा न. २ घर भई हाल सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका वडा न. ४ पानीटंकी वस्ने वर्ष ४१ की ईन्दिरा राईले दशै खर्चको लागी निकालेको पैसा सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका वडा न. ६ स्थित सिटी एकसप्रेस मनि ट्रान्सफरको अफिस भित्र काउन्टर छेउमा रहेको टेवलवाट चोरी गर्ने तेह्रथुम जिल्ला लाली गुराँस नगरपालिका वडा न. ३ वस्ने वर्ष ५५ को रमेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले नगद रु २३ हजार ८५८ चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरी चोरी मुद्दामा जिल्ला अदालतमा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय ईटहरीले १ लाख ३४ हजार बराबरको सामान वरामद गरी राजश्व अनुसन्धान कार्यालय सेतुवन्धमा बुझाएको छ ।
गस्तीमा हिडेको प्रहरीले सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बसपार्कमा सेतो प्लास्टिकको पोका भित्र बेवारिसे अवस्थामा थान लगाई राखेको ५ पोका १ हजार ६८४ थान सेन्डो भेष्ट बरामद गरेको हो । बरामद भएको सेण्डो भेष्टोको बजार मुल्य रु. १ लाख ३४ हजार ७२० कायम गरी उक्त सामान राजश्व अनुसन्धान कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

लालटिन सहकारीद्वारा मृगौला पीडितलाई सहयोग

Next Post ≫

मारवाडी महिला मन्चद्वारा सहयोग तथा सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क