Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डेंगु परिक्षणको शुल्क १ हजार २ सय पुग्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डेंगु परिक्षणको शुल्क १ हजार २ सय पुग्यो

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0
डेंगु परिक्षणको शुल्क १ हजार २ सय पुग्यो
80
SHARES
ShareTweet

बुटवल, ३१ भाद्र आफ्ना सदस्य प्रयोगशालाहरुलाई डेंगु परिक्षणमा एक हजार भन्दा बढी नलिन आह्वान गरेको मेडिकल ल्याबोरेटरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीले त्यसको केही दिन बित्न नपाउँदै २ सय रुपैंया शुल्क बृद्धि गरेको छ । यस अंगाडी मेलानले संस्थाले एक हजार रुपैंया शुल्क निर्धारण गरिएको उल्लेख गर्दै त्यो भन्दा बढी लिने प्रयोगशालाहरुलाई कारवाही गर्ने चेतावनी दिएको थियो । त्यसको हप्तादिन बित्न नपाउँदै मेलानले डेंगुको परिक्षण गरेको शुल्कमा २ सय रुपैंया बृद्धि गरि १ हजार २ सय रुपैंया पु¥याएको हो ।

मेलान रुपन्देहीले डेंगु परिक्षण गरेको शुल्कमा एक रुपता कायम गर्न र निर्धारित १ हजार भन्दा बढी शुल्न नलिन आग्रह गरेलगत्तै संस्थाका सदस्यहरुको दवावमा केन्द्र, प्रदेश र जिल्ला समितिको बैठकले दुई सय रुपैंया शुल्क बृद्धि गरेको हो ।

मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले मेलानले २०७१ सालमा शुल्क निर्धारण गर्दा आईजीजी, आईजीएम मात्रै परिक्षण गरिने र अहिले एनएस वान एजी समेत परिक्षण गर्नुपर्ने भएकाले डेंगु परिक्षणको शुल्क बृद्धि गर्नु परेको बताउनु भयो ।

मेलानको केन्द्रीय प्रतिनीधि, प्रदेश प्रतिनीधि र जिल्ला प्रतिनीधिहरु बैठक बसेर शुल्कमा पुनरावलोकन गरिएको उहाँले बताउनु भयो । बैठकपछि मेलानका केन्द्रीय उपाध्यक्ष रमेश पाण्डे, केन्द्रीय सचिवालय सदस्य गुणानिधी खनाल, प्रदेश उपाध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रुद्रबहादुर कार्की, रुपन्देही जिल्ला अध्यक्ष नारायण पौडेल र सल्लाहकार मनोज काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तीमा डेंगु परिक्षण गर्दा आईजीजी, आईजीएम र एनएस वान एजी परिक्षण गर्न र १ हजार २ सय रुपैंया भन्दा बढी नलिन आग्रह गरिएको छ ।

≪ Previous Post

आज देशैभरी बदली रही पानी पर्ने

Next Post ≫

टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’गाडीको बुटवलमा विक्री शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क