Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तु घटनाको १२ बर्ष पुरा : पीडित न्याय र क्षतिपुर्तीको प्रतिक्षामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तु घटनाको १२ बर्ष पुरा : पीडित न्याय र क्षतिपुर्तीको प्रतिक्षामा

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0
कपिलवस्तु घटनाको १२ बर्ष पुरा : पीडित न्याय र क्षतिपुर्तीको प्रतिक्षामा
110
SHARES
ShareTweet


कपिलवस्तु, ३० भदौ । कपिलवस्तु घटनाको १२ वर्ष विति सक्दा पनि घटनाबाट पीडित वनेका सर्वसाधारण तथा उद्योगी व्यवसायीहरुले अझै सम्म न्याय पाउन सकेका छैनन् ।
१२ वर्षअघि भएको हिंसात्मक घटनाका पीडितहरू आजको दिन (भदौ ३०) लाई कालो दिनको रूपमा स्मरण गर्दै अहिलेसम्म सरकारले दिने क्षतिपूर्तिको प्रतीक्षामा बसिरहेका छन् ।
२०६४ साल भदौ ३० गते अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका स्थानीय नेता तथा समाजसेवी अब्दुल मोइद खाँको मृत्यु भएको थियो ।
खानको मृत्युपछि जिल्लाको चन्द्रौटालगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किँदा १४ जनाको हत्या हुनुका साथै पाँच हजार बढी मानिस विस्थापित भएका थिए । उक्त घटनामा सात सय बढी पसल, घर टहरामा लुटपाट र आगजनी भएको थियो भने तीन सय बढी सवारी साधनमा आगजनी गरिएको थियो ।
झण्डै एक सातासम्म चलेको उक्त हिंसामा जिल्लाका चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनई लगायतका स्थानमा हत्या, बलात्कारका घटना संगै तीन हजार बढी घरटहरामा आगजनी गरिएको थियो ।
कपिलवस्तुका घटनाका बारेका छानविन गर्न तत्कालिन सरकारले पुनरावेदन अदालत राजविराजका तत्कालिन न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानविन आयोग गठन गरेको थियो ।
कपिलवस्तु घटनाको सत्य तथ्य छानविन गर्न सरकारी स्तरबाट गठन भएको मल्लिक आयोगले करिव १ करोड खर्च गरी तीन महिना समय लगाएर सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर विडम्वना मल्लिक आयोगले बुझाएको प्रतिवेदन पुर्णरुपमा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।
आयोगले सवारी साधनबाहेक करिब ४ करोड बढी क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै घटनाका ३ हजार बढी पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् । तर घटनाका पीडितले हालसम्म राहत र उचित न्याय पाउन सकेका छैनन् भने खाँको हत्यारा समेत पत्ता लाग्न सकेको छैन ।
घटनाका पीडितहरुले संघर्ष समिति नै वनाएर उचित क्षतिपुर्ती र न्यायका लागि विभिन्न चरणका आन्दोलन गरे । उनीहरुले मल्लिक आयोगको प्रतिबेदन कार्यान्वयन गर्न माग गरे । कहि कतैबाट माग सम्बोधन र सुनुवाई नभएपछि संघर्ष समितिले २०६९ साल वैशाख ५ गते सर्वोच्च अदालतमा मल्लिक आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबमोजिम कारवाही तथा क्षतिपूर्तिको मागसहित रिट दायर गरे । पीडितहरुको रिटलाई अग्र स्थान दिदै न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले मल्लिक आयोगको प्रतिबेदन कार्यान्वयन गर्न आदेश गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।
घटना पछिका हरेक वर्षहरुमा घटना पिडितहरुले भदौ ३० गतेलाई कालो दिनको रुपमा स्मरण गर्दै आएका छन् । अहिले पनि कपिलवस्तुमा एक कार्यक्रम गरी सोही दिनको स्मरण गरिएको छ ।
कपिलवस्तु घटनाको स्मरण गर्दै सोमबार आयोजित कार्यक्रममा कपिलवस्तु संघर्ष समितिका अध्यक्ष महादेव पोखरेलले कपिलवस्तु घटनालाई वेवास्ता गरेर सरकारले पीडितका कुरा नसुनेको गुनासो गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले ०६४ भदौ ३० गते जस्तो त्रासदी फेरि कहिल्लै भोग्न नपरोस् भन्ने कामना गर्दै पीडितलाई उचित क्षतिपुर्ती र न्याय दिन सरकारसंग माग गरे ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडाले घटनाका पीडित
लाई न्याय र क्षतिपुर्ती दिनु राज्यको दायित्व हो भन्दै राज्यले उचित क्षतिपुर्ती दिनु पर्ने बताउनु भयो ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने

Next Post ≫

२०७६ साल भदौ ३१ गते मंगलवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क