Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ भ्रमण वर्ष घोषणा गर्न सरकारले हतार गर्यो
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भ्रमण वर्ष घोषणा गर्न सरकारले हतार गर्यो

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0
भ्रमण वर्ष घोषणा गर्न सरकारले हतार गर्यो
70
SHARES
ShareTweet

बुटवल ३० भाद्र
पूर्वाधार तथा अन्य तयारी बिनानै सरकारले भ्रमण वर्ष घोषणा गरेका कारण लुम्बिनी भ्रमण वर्ष सफल हुन नसकेको सोमबार आयोजित एक कार्यक्रममा औंल्याईएको छ । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र त्यसैको अंघिल्लो वर्ष बि.सं. २०७६ लाई प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको थियो ।
सोही अनुसार गत बैशाख देखि प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षका कार्यक्रम सञ्चालन गरेको छ । सरकारले लुम्बिनी भ्रमण वर्ष मनाईरहँदा लुम्बिनीमा भने पर्यटकको संख्या बढ्न नसकेको औंल्याईएको हो ।
बुटवलको अस्पताललाईमा सञ्चालन गरिएको ‘द एप्पल भ्याली क्याफे, लज एण्ड पाटी प्यालेस’ उद्घाटन कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले पर्यटकीय गन्तव्यहरुको पूर्वाधार तयारी बिनानै सरकारले भ्रमण वर्ष घोषणा गर्न हतारिएका कारण अपेक्षाकृत पर्यटक आउन नसकेको बताउनु भयो । लुम्बिनीमा पर्यटक पु¥याउनकालागि सडक निर्माणको काम सकिएको छैन, यातायात पूर्वाधार बिना नै पर्यटक लैजान नसकिने उल्लेख गर्दै अहिले लुम्बिनीका होटलहरु खाली रहेको उहाँले बताउनु भयो ।
पूर्वाधार निर्माणको काम पुरा भएपछि नेपालमा पर्यटक भित्रिने प्रसस्त सम्भावना देखिएको उल्लेख गर्दै उहाँले भ्रमण वर्ष घोषणा गर्नुपूर्व पूर्वाधारको काम सक्नु पर्ने उल्लेख गर्दै संघीय सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको देखासिखिमा प्रदेश सरकारले समेत लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेको आरोप लगाउनु भयो ।
उहाँका अनुसार बन्दै गरेको गौतमबुद्ध बिमानस्थल र लुम्बिनी जोड्ने सडक बिस्तारको काम सकिसकेपछि भ्रमण वर्ष घोषण गरिएको भए त्यसले सार्थकता पाउने थियो ।
त्यस अवसरमा उक्त पार्टी प्यालेसका सञ्चालक नारायण पहराईले तत्काल होटलमा ग्राहक नभएपछि बिमानस्थल निर्माण सम्पन्न पछि होटलमा राम्रो सम्भावना भएकाले लगानी बढाएको बताउनु भयो । वासमेन हुँदै होटल व्यबसायमा रोजगारीकालागि छिरेका पहराईले आफू वेयटर, हेल्पर, व्यबस्थापन हुँदै आफ्नै होटलमा लगानी गरेको बताउनु भयो । केही समय बैदेशिक रोजगारीमा समेत रहेका पहराईले आफू त्यहा हुँदा राम्रो सेवा सुविधा हुँदा हुँदै पनि आफ्नै देशमा लगानी गरेर नेपाली युवालाई रोजगारी प्रदान गर्ने उद्देश्ले होटलमा लगानी गरेको बताउनु भयो ।
त्यस बाहेक अन्य होटलमा समेत अनुभव बटुलेका पहराईले उक्त होटलमा ८७ लाख रुपैंया लगानी गरेको बताउँदै अवको ५ वर्ष भित्रमा देशका अन्य शहरहरुमा पनि यसका शाखा बिस्तार गर्ने संकल्प रहेको जानकारी गराउनु भयो । उक्त होटलमा १४ वटा वातानुकुलित कोठा, सेमिनार हल सहित सबै प्रकारका सेवा रहेको छ होटल व्यवसायी संघका सदस्य अर्जुन थापाले बताउनु भयो ।

≪ Previous Post

प्रदेश ५ को सरकारका दुई निर्णय

Next Post ≫

पश्चिमाञ्चल यातायात कम्पनीमा पाण्डे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क