Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0
नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु
70
SHARES
ShareTweet

बुटवल, २४ भदौ । नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि मुलुकभर एकसाथ शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर शुरु गरिएको जागरण अभियान आगामी असोज ७ गते समापन हुनेछ ।

जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ । जसअनुसार मंगलवार बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको देशव्यापीरूपमा उद्घाटन गरिएको छ ।
अभियानको उद्घाटनमा सम्बोधन गर्न काङ्ग्रेसका केन्द्रीय पदाधिकारीसमेत विभिन्न जिल्लामा खटिएका छन् ।
अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य सहित काङ्ग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक÷एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाएको छ ।
अभियानका क्रममा नागरिक पङ्क्तिमा स्थानीय तहमा वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरूद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन् ।
यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिनेछ । साथै काङ्ग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरूप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वाचित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि अन्तक्र्रिया हुने बताइएको छ ।
जागरण अभियानका क्रममा पार्टीका सबै जिल्ला कार्यसमितिले अभिलेख सङ्कलनलाई गति दिने, सबै प्रदेश क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण गर्ने, प्रदेशसभा क्षेत्रका जागरण कार्यक्रमको आवश्यक समन्वय गर्ने, असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय जनप्रदर्शनको गरिनेछ ।
यस्तै रुपन्देहीमा पनि सबै निर्वाचन क्षेत्रमा बृक्षारोपण गरेर जागरण अभियानको शुरु गरिएको छ ।

≪ Previous Post

आजको राशिफल ( २५ भदौ २०७६ बुधवार)

Next Post ≫

सर्दीको होङ्सी सिमेन्टको ढुवानी ठप्प

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क