Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश पाँचका ११ सरकारी अस्पतालमा बिकास समिति गठनको बाटो खुल्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचका ११ सरकारी अस्पतालमा बिकास समिति गठनको बाटो खुल्यो

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0
प्रदेश पाँचका ११ सरकारी अस्पतालमा बिकास समिति गठनको बाटो खुल्यो
100
SHARES
ShareTweet


२२ जनाले राजनैतिक नियुक्ति पाउने निश्चित

बुटवल, १६ भाद्र
प्रदेश पाँचमा रहेका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठनको बाटो खुलेको छ । उक्त निर्णयसंगै२२ जनाले राजनैतिक नियुक्ति पाउने निश्चित भएको छ ।
प्रदेश पाँच मन्त्री परिषदको सोमबार बसेको बैठकले सामाजिक बिकास मन्त्रालयलाई प्रदेश भित्रका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठन गर्न स्वीकृती प्रदान गरेको हो ।
ती अस्पतालमा अध्यक्ष हुनकालागि कम्तीमा स्नातक तह उत्तिर्ण गरी १० वर्ष सरकारी सेवा वा स्वास्थ्य क्षत्रमा ५ वर्ष सेवा गरेको हुनु पर्ने बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी गराउनु भयो । त्यस्तै लब्ध प्रतिष्ठित महिलालाई अस्पताल बिकास समितिको सदस्य पदमा प्रदेश सरकारको रिफारिसमा नियुक्त गरिने पनि उहाँले बताउनु भयो ।
त्यसैगरी प्रदेश सरकारले प्रदेश पाँच लोकसेवा आयोगको अध्यक्ष र मुख्य न्यायधिवक्ताको नयाँ तलवमान कायम गरेको छ । प्रदेश लोकसेवा आयोग अध्यक्षको मासिक ६४ हजार ४२० तोकिएको छ । प्रदेश लोकसेवा आयोगको कानुन नबनीसकेकाले तत्काल राजपत्रमा प्रकासित गरि कार्यान्वयन गराईने प्रवक्ता चौधरीले बताउनु भयो । मुख्य न्यायाधिवक्ताको भने संघीय सरकारले विशिष्ट श्रेणीका कर्मचारीको तलवमान बृद्धि गरेकाले सोही अनुसार बृद्धि गरिएको उहाँले बताउनु भयो । प्रदेश मुख्य न्यायधिवक्ताको अवको तलव मासिक ६४ हजार ४२० रुपैंया हुने छ ।
बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवा सर्त सम्बन्धमा व्यबस्था गर्न बन्ने विधेयक तर्जुमा गर्नकालागि स्वीकृती प्रदान गरेको छ । उक्त विधेयक आगामी अधिवेशनमा पेश गर्ने गरि काम गरिने पनि मन्त्री चौधरीले बताउनु भयो । त्यसैगरी प्रदेशका सभामुख, उपसभामुख, विपक्षि दलका नेता तथा प्रदेश सभा सदस्यहरुको अफिसको कामको शिलसिलामा निधन भएमा १० लाख रुपैंया बराबरको बिमा तथा घातक रोग लागेमा औषधी उपचारकालागि मेडिकल बोड गठन गरि त्यसको सिफारिसका आधारमा उपचार खर्च प्रदान गरिने निर्णय भएको छ ।
प्रदेश सरकारले संविधान दिवसमा प्रदान गर्ने पदककालागि पदक प्राप्त गर्ने व्यक्ति छनौट गर्न पूर्व सांसद नेत्रप्रसाद पन्थी, दाङकी मेनका पोखरेल र पट्टु थारुलाई प्रदेश सरकारले सदस्यमा मनोनित गरेको छ ।
प्रदेश मन्त्रीपरिषदको बैठकले प्युठानको गौमुखी गाउँपालिकाको केन्द्र परिवर्तनकानकालागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । उक्त गाउँपालिकाको हाल वडा नं. ५ ठूला वेसीमा केन्द्र रहेको थियो । गाउँपालिकाबाट केन्द्र परिवर्तनकालागि माग गरे बमोजिम प्रदेश सरकारले वडा नं. ४ को पुजालिवासेमा राख्नकालागि सिफारिस गर्ने निर्णय गरेको हो ।

≪ Previous Post

तातो इन्धन लगेर चिसोमा बेच्दा परिमाणमा क्षती भयो : ब्यवसायी

Next Post ≫

आज ऋषि पञ्चमी,सप्त ऋषिहरुको पूजा अर्चना गरी मनाईदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क