Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ उद्यमशिलताका लागि महिलामा सुद्धिकरण जरुरीः मन्त्री पौडेल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्यमशिलताका लागि महिलामा सुद्धिकरण जरुरीः मन्त्री पौडेल

संसारपोस्ट संवाददाता · १० भाद्र २०७६ · 0
उद्यमशिलताका लागि महिलामा सुद्धिकरण जरुरीः मन्त्री पौडेल
70
SHARES
ShareTweet

बुटवल, १० भाद्र
प्रदेश पाँचको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले समाज रुपान्तरणका लागि महिलाहरुले आफैबाट सुद्धिकरण अभियान चलाउनु पर्ने बताउनु भएको छ ।
संस्कृति जोगाउने नाममा भईरहेका बिकृति हटाउन महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनु भयो ।
बुटवलमा महिलाहरुले सञ्चालन गरेको सामुदायिक रेडियो मुक्तिले मंगलबार बुटवलमा आयोजना गरेको महिला उद्यमशिलता सम्बन्धि अन्तरक्रिया तथा तीज बिशेष कार्यक्रममा बोल्दै मन्त्री पौडेलले महिलाले आफ्नो खर्चकालागि आफ्नै गोजिबाट पैसा निकाल्नका लागि पनि महिला स्वयम् उद्यमशिल हुनु पर्ने बताउनु भएको हो ।
मन्त्री पौडेलले प्रदेश सरकारले महिलाकालागि महिला मैत्री कानुन बनाईरहेको बताउँदै स्वदेशमा रोजगारी निर्माणमा सरकार गम्भिर रहेको र त्यसमा महिलाहरुले बिशेष सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समयमा संस्कृतिका नाममा बिकृति हुने गरेको बताउँदै चाडपर्व गरिवको पहँुचमा पनि रहने गरि मौलिक रुपमा मनाउन आग्रह गर्नुभयो । उहाँले चाडवाडलाई भड्कीलो हुनबाट रोक्नकालागि सरकारले कडाई गरेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले रोजगारीका लागि बिदेश जानुपर्ने बाध्यता अन्त्य गर्नकालागि स्वदेशमै प्रयाप्त रोजगारी सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
रेडियोकी कार्यवाहक अध्यक्ष खेमकुमारी पोखरेलले महिला अधिकार र उनीहरुको ससक्तिकरणकालागि रेडियो मुक्तिले आवाज उठाउँदै आएको बताउँदै महिला ससक्तिकरणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनु भयो ।
कार्यक्रममा महिला अधिकारकर्मी तथा रेडियोकी सदस्य ज्ञानु पौडेल र रेडियोकी पूर्व अध्यक्ष साबित्रा अर्यालले क्रमश ः महिला उद्यमशिलता र तीज पर्वको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैअवसरमा उत्कृष्ट महिला उद्यमी भगवती चुरा उद्योगकी सञ्चालक यमुना चापागाईलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन रेडियोकी स्टेशन म्यानेजर कल्पना तिवारीले गर्नुभएको थियो ।
चाडपर्वका नाममा हुने तडक भडक निस्तेज गर्न जरुरी ः सभामुख घर्ती
बुटवल, १० भाद्र
प्रदेश नम्बरं ५ का सभामुख पुर्णबहादुर घर्तीले चाडपर्वका नाममा हुने अनावश्यक तडक भडक तथा गहना र कपडाको प्रदर्शनलाई निस्तेज गर्नु पर्ने बताउनु भयोे ।
बिकृतिको रुपमा भित्रिएको अनावश्यक तडक भडक तथा गहना र कपडाको प्रदर्शनलाई निरुत्साहित गर्ने गरी चाड पर्व मनाउनु पर्ने उहाँले बताउनु भयो् ।
हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा मंगलबार प्रदेशसभा सचिवालयद्धारा आयोजित तीज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै सभामुख घर्तीले तीज पर्वका नाममा हुने अनावश्यक तडक भडक तथा गहना र कपडाको प्रदर्शनलाई छाड्ने हो भने तीजको महत्व अझ बढेर जाने बताउनु भयो ।
परम्परागत,धार्मीक र सांस्कृतिक महत्वका अलावा चाड पर्वलाई मुलुकमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समेत उपयोग हुदै आएको स्मरण गर्दै उहाँले बिकृतिहरुको अन्त्य गर्दै संस्कृतिको जगेर्ना गर्ने गरी पर्वलाई मनाउनु पर्ने आवस्यकता औल्याउनु भयो ।
सभामुख घर्तीले कम्तिमा पनि तीज पर्व नसकिदा सम्म महंगा कपडा र गरगहना प्रदर्शन नगर्न समेत महिला प्रदेशसभा सदस्यहरुलाई आग्रह गर्नु भयोे ।
प्रदेशसभा उपसभामुख कृष्णि थारुको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरति पौडेल,प्रदेशसभा प्रदेश मामिला तथा कानून समिति सभापति दामाकुमारी शर्मा, कृषि,वन तथा वातावरण समितिका सभापति विजय बहादुर यादव,प्रदेशसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्री, राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य कल्पना पाण्डे, राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य तारा जिसी, नेपाली कांग्रेस प्रदेशसभा सदस्य रमा अर्याल, प्रदेशसभा सचिवालयका कानून अधिकृत सिता घिमिरे लगायतले तीज पर्वको मौलिकता र बिशेषता रहेकोले पर्वका नाममा भित्रिएका बिकृतिहरुको अन्त्य गर्नु पर्ने धारणा राख्नु भयो ।

≪ Previous Post

चाडपर्वका नाममा हुने तडक भडक निस्तेज गर्न जरुरी: सभामुख घर्ती

Next Post ≫

आजको राशिफल ( ११ भदौ २०७६ बुधवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क