Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पाल्पाको ख्याहा रुपन्देही सम्पर्क समाजमा ३६ जनाले गरे रक्तदान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाको ख्याहा रुपन्देही सम्पर्क समाजमा ३६ जनाले गरे रक्तदान

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७६ · 0
पाल्पाको ख्याहा रुपन्देही सम्पर्क समाजमा ३६ जनाले गरे रक्तदान
90
SHARES
ShareTweet

बुटवल, ३ भदौ । संस्था स्थापनाको सुरुवाती अवस्था देखिनै विभिन्न रचनात्मक र सामाजिक काम गर्दै आएको पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नं. १ ख्याहा–रुपन्देही सम्पर्क समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्गत मंगलबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । पाल्पाको साविक ख्याहा बाट रोजगारी र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने हरुले स्थापना गरेको संस्थाले संस्था स्पनाको पहिलो बर्षमै रक्तदान कार्यक्रम गरेको हो ।
सामाजिक र मानविय सेवामा समर्पित हुने उद्देश्यले खोलिएको समाजले छोटो समयमै तिज मिलन र रक्तदान कार्यक्रम गरेको हो ।
रुपन्देहीको शँकरनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजमा आवद्ध ३६ जनाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक जगदिश न्यौपानेले जानकारी दिनुभयो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा रिब्दिकोट गाउँपालिका वडा नं. १ ख्याहाका वडा अध्यक्ष विष्णु गैरेले संस्था स्थापना भएको छोटो समयमा नै सामाजिक कार्यमा समाजले आफुलाई अब्बल दर्जामा स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले संस्थाले ख्याहा र रुपन्देहीमा रहेका ख्याहाबासीहरुलाई भावनात्मक र सामाजिक हिसावले एकआपसमा जोड्न र ख्यहाको समग्र विकासमा महत्वपुर्ण योगदान पुर्याउन आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष तुलसीराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा समाजसेवी गिरीराज गैरे (राजु), सल्लाहकार मेघराज न्यौपाने, लगायतले संस्थाले गरेका गतिबिधि सहित रक्तदानको महत्व र आवश्यक्ता माथि चर्चा गर्नुभएको थियो ।
पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं. १ ख्याहा र त्यस ठाउँबाट रुपन्देहीमा आई बसोबास गरेका व्यक्तिहरु बिच आपसी सद्भाव तथा भाईचारा अभिबृद्धि गर्ने तथा ख्याहा र रुपन्देहीका बिचमा समन्वय गर्ने गरी गत वर्ष मात्रै ख्याहा–रुपन्देही सम्पर्क समाजको स्थापना गरिएको अध्यक्ष तुलसीराम पराजुलीले जानकारी दिनुभयो ।
संस्था स्थापना भएपछि संस्थाको उद्देश्य अनुसारका काम सहित सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय असक्तहरुकालागि सहयोग प्रदान गर्ने तथा ख्याहालीहरुका बिचमा सद्भाव अभिबृद्धिकालागि तीज मिलन कार्यक्रम लगायतका अन्य कार्यक्रम गर्ने संस्थाको लक्ष रहेको उहाँले जानकारी गराउनु भयो ।

≪ Previous Post

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालको विकास समिति गठन आदेश–२०७६ स्वीकृत

Next Post ≫

शान्ति सुरक्षाको सवालमा सरकार पूर्ण रुपमा असफल : उपसभापति निधी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क