Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस, एक रातमा २५० पाहुना बास बस्न सक्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस, एक रातमा २५० पाहुना बास बस्न सक्ने

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0
बुटवलमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस, एक रातमा २५० पाहुना बास बस्न सक्ने
130
SHARES
ShareTweet

बुटवल । पछिल्लो समय देशभर पर्यटन ब्यवसाय सुस्ताएका बेला लुम्बिनी प्रदेशको मुख्य आर्थिक केन्द्र तथा औद्योगिक नगरी रुपन्देहीको बुटवलमा पाँचतारे होटल ह्यात प्यालेस सञ्चालनमा आएको छ ।
आन्तरिक र विदेशी पर्यटकलाई मध्यनजर गरी अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित होटल सञ्चालनमा आएको हो । यो बुटवलको पहिलो पाँचतारे र यस क्षेत्रकै सबैभन्दा ठूलो होटल हो ।
होटल सेफ्रोनका नाममा निर्माण सुरु भएको होटल मुलुकको पछिल्लो अवस्थालाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय होटल चेन ह्यात प्लेस नाममा सञ्चालनमा आएको हो । ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले संसारभर ४ सय २० भन्दा बढी स्थानमा फैलिएको छ ।
बुटवलमा पाँचतारे होटल नभएकाले रुपन्देहीको अग्रणी औद्योगिक घराना यशोदा फुड्स ग्रुपले होटलमा लगानी गरेको हो । होटलमा व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको लगानी रहेको छ ।
होेटलमा भएको कूल लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत ६ जना सञ्चालकको लगानी रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
विभिन्न ६ श्रेणीका १ सय ९ कोठा रहेको होटलमा एक रातमा २ सय ५० पाहुना बास बस्न सक्ने क्षमता रहेको सञ्चालक पौडेलले बताउनुभयो । होटल र यसका कोठाको डिजाइन थिम शान्ति, आधुनिकता र परम्पराको फ्युजन तथा कहिले पुरानो नहुने रहेको र क्याजुअल कम्फर्टमा सबैभन्दा जोड दिएको पौडेलको भनाइ छ ।
बोधीवृक्षको पातको आकृति होटलका धेरै संरचनामा राखिएको छ भने डेढ सय क्षमताको अल डे डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरको इँटाको बनावट झल्किने डिजाइन छ ।
होटल लबीको डिजाइन शक्ति र स्थिरताका आधार मानिने चार विशेष वास्तुकला स्तम्भले निकै भव्य बनाएको छ । जसमा बुद्ध दर्शनका चार आर्य सत्य दुःख छ, दुःखको कारण छ, दुःखको निरोध सम्भव छ र दुःख निरोधको मार्ग छ भन्ने झल्काइएको छ ।
होटलको मुख्य विशेषता अहिलेको व्यस्त जीवनशैली र एकैपटक धेरै काम गर्नुपर्ने पाहुनाका लागि आरामदायी बसाइसँगै दैनिक जीवनका सबै सुविधा सहज र नवीन रूपमा प्रदान गर्नु रहेको संचालक पौडेलले बताउनुभयो ।
‘होटेलका कोठामा पाहुनालाई काम गर्न, सुत्न र खेल्न छुट्टाछुट्टै ठाउँको व्यवस्था छ, बिजनेस फोकस्ड भए तापनि यो फेमिली फ्रेन्डली होेटल हो,’ पौडेलले भन्नुभयो–‘होटलले नेपालको सार समेटेको छ ।’
होटलले आन्तरिक र भारतीय पर्यटक लक्षित गरी लबी लेभलमै जिङ बार, १ हजार १ सय वर्गमिटरको बलरुम, तीन वटा हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, मिट्टी घर डिजाइनमा बनेको स्पा, ज्याकुजी, पर्याप्त पार्किङ जस्ता सुविधा उपलब्ध गराएको उहांउनुभयो ।
‘छिमेकी भारत उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्या छ, त्यसमध्ये केही प्रतिशतलाई बुटवल भित्र्याउन सकिन्छ भन्ने हाम्रो आशा छ, त्यही अनुसार होटलको आर्किटेक्ट डिजाइन, बनावट, सजावट निकै फरक र गुणस्तरीय छ,’ पौडेलले भन्नुभयो ।
निकट भविष्यमा क्यासिनो समेत सञ्चालन गर्ने तयारी रहेकाले भारतीय पर्यटकको गन्तव्य बुटवललाई गराउन सकिने उहांले बताउनुभयो ।
‘बुटवलमा क्यासिनो सहितको पहिलो पाँचतारे होेटल ह्यात प्लेस नै हुनेछ,’ पौडेलले भन्नुभयो–‘यसले विदेशी मुद्रा आर्जनसँगै रुपन्देहीको अर्थतन्त्र चलायमान बनाउने हाम्रो विश्वास छ ।’
मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र हो भनेर सरकारले भन्दै आएकाले सरकारले पर्यटनमैत्री नीति र कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने होटलका अर्का सञ्चालक कमलकिशोर मालपानीले बताउनुभयो ।
‘सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र पूर्णक्षमतामा सञ्चालनमा ल्याउनुपर्छ, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि सञ्चालन हुनुपर्छ,’ मालपानीले भन्नुभयो–‘यी दुई पूर्वाधार सञ्चालनले मात्रै रुपन्देहीका होटल र पर्यटन व्यवसायलाई राहत दिन सक्छ ।’
होटलले पूर्णक्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी दिनसक्ने जनाएको छ । जसमा स्थानीयलाई प्राथमिकता दिइएको सञ्चालक नरिश्वर शर्मा पौडेलले बताउनुभयो ।
होटलको औपचारिक उद्घाटन २५ नोभेम्बरमा हुनेछ । होटल निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुम पथमा करिब ३ सय मिटर सार्वजनिक सडक करिब ४० लाख रुपैयाँ आफ्नै लगानी गरेर पक्की र सौन्दर्यीकरण गरेको अर्का सञ्चालक भूमिराज पौडेलले बताउनुभयो ।

≪ Previous Post

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला

Next Post ≫

“भोकालाई भोजन,प्यासीलाई पानी” महाअभियान : मंगलबार बुटवलको बसपार्कमा सामुहिक भोजन गराईंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क