Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ करिव ७ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

करिव ७ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८२ · 0
करिव ७ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
100
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले शनिबार र आईतबार दुई दिनमा जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिव ७ लाख मूल्य बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी टोलीले ६ लाख ८९ हजार २५० मूल्य बरावरको अबैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाईन कार्यालय बेलहियामा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ३ र ७ तथा सिद्धार्थनगर नगरपालिका वडा नं. २ फरेनातबाट ९ गोटा बाख्रा, यु पी ५६ ए ४४३४ नं.को. मोटरसाइकल, बोईलर कुखुरा १९ वटा, दाल खाने मटर ११९ केजी, डाल्डा घिउ १५ केजी ÷ सन फलावर तेल ५० लिटर, पेन ८५ दर्जन, चोको स्टार १३ पाकेट, चोकोलेट बार २४ प्याकेट, टान्ट्सी हनी १२ बट्टा, स्प्राइट ४७ बोतल, र ५ वटा साईकल सहित जिल्ला कपिलबस्तु कपिलबस्तु नगरपालिका वडा नं. ११ बस्ने बर्ष १८ को सिराजुदिन मुनियारलाई नियन्त्रणमा लिएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय मझगवा र प्रहरी चौकी शिबपुर गोनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले मायादेबी गाउँपालिका वडा नं. ५ गोनैयाबाट कोटहिमाइ गाउँपालिका वडा नं. ४ बस्ने बर्ष १८ को रबि सहनीले चलाएको लु ५७ प ८९८५ नं.को मोटरसाइकलमा ल्याउंदै गरेको बोइलर कुखुरा ४० पिस र कोटहीमाइ गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २० को बासुदेब गुप्ताले चलाएको लु ७ प २८१८ नं.को मोटरसाइकलमा ल्याउदै गरेको २ बोरा चिनी, ३ बोरा केराउ मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय ओमसतियाबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं.३ कन्पाराबाट ओमसतिया गाउँपालिका वडा नं.५ बस्ने बर्ष ४७ को अनर्जित कुर्मी र तिलोत्तमा नगरपालिका वडा नं.१४ बस्ने बर्ष ४३ को प्रेम नारायण यादवले चलाएको लु १ ह ५१७ नं.को अटो रिक्सामा रहेको २२ कार्टुन टायल अटो रिक्सा बरामद गरेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १ बाइपासबाट जे.सी.बी.को दाँत २५ थान, रेग्जिन कपडा १ रोल र किराना सामान बरामद गरेको छ ।

≪ Previous Post

कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त ४५ बर्ष पछि पक्राउ

Next Post ≫

आज राति खग्रास चन्द्रग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क