काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सि आइ वी) ले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ४५ बर्ष पछि पक्राउ गरेको छ ।
२०३७ साल कार्तिक ७ गते जिल्ला सिन्धुपाल्चोक साविक माङ्खा गा.वि.स. वडा नं. ७ का जित बहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेका कर्तब्य ज्यान मुद्दाका सिन्धुपाल्चोक साविक माङ्खा गा.वि.स. वडा नं. ८ का फरार अभियुक्त जिवनाथ तिमल्सिनालाई ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
ब्यूरो टोलीले गोप्य सूचनाका आधारमा भदौ २२ गते शनिबार जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका १३ ताहाचलबाट निज तिमल्सिनालाई फरार भएको ४५ बर्ष पछि पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाण्डौमा पेश गरिएकोमा कैद भुक्तानको लागि आदलतले डिल्लीबजार कारागार चलान गरेको छ ।
७० वर्षीय तिमल्सिनालाई अदालतले २० बर्ष कैद सजायको फैसला गरेको छ ।