भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको करिव छ लाख मुल्य बराबरको अबैध सामान बरामद गरेको छ ।
प्रहरीले ५ लाख ९४ हजार ८०० मूल्य बरावरको अबैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहिया रुपन्देहीमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्लामण्डीबाट बोईलर कुखुरा २८ पिस ४० केजी बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहिया बसपाकबाट लेडिज सुट १४१ पीस, रेडबुल १ कार्टुन र चश्मा २४८ पिस सहित दैनिक उपभोग्यका सामानहरु ४ झोला बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाँउपालीका वडा नं.०२ पड्सरी र सिद्धार्थनगर गाँउपालिका वडा नं.८बसडिलवाबाट लु ४२ प ३३७८नं. को मोटरसाईकलमा ल्याउंदै गरेको बोइलर कुखुराको मासु ४१ के.जी., वायरिङका तार १४ प्याकेट सहित सियारी गाउँपालिका वडा नं.६ लक्ष्मणगंज बस्ने बर्ष ४० को वैश महम्मदलाई नियन्त्रणमा लिएको छ ।
यस्तै प्रहरी चौकी पिप्रहवाबाट खटिएका प्रहरी टोलीले रोहिणी गाउँपालिका –४ खुरहुरियाबाट युपी ५६ ए ७१९१ नं.को मोटरसाइकलमा ल्याउंदै गरेको ४० वटा कुखुरा मोटरसाईकल सहित बरामद गरेको छ भने अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.२ कचरिहवाबाट युपी ५५ ई ०७६२ नं. को मोटरसाईकलमा ल्याउदै गरेको बोइलर कुखुरा ३८ पिस मोटरसाईकल सहित बरामद गरेको छ ।