Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिष्टम अपग्रेटसंगै सिद्धार्थ केवलकार पुनः सञ्चालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिष्टम अपग्रेटसंगै सिद्धार्थ केवलकार पुनः सञ्चालन

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८२ · 0
सिष्टम अपग्रेटसंगै सिद्धार्थ केवलकार पुनः सञ्चालन
60
SHARES
ShareTweet

बुटवल । बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ । केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी गराउनु भयो ।
यो अवधिमा केवलकारको सिष्टम अपग्रेटसंगै पहुँचमार्गमा विद्युतीकरण, बटम स्टेशमा रहेको सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका काम गरिएको छ । त्यसमध्ये रेष्टुरेन्ट भवन तथा सिद्धार्थ स्ट्याचु, शौचालय निर्माणाधिन अवस्थामै रहेको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो ।
बटम स्टेशन देखि टप स्टेशसम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा ८ जना क्षेमताका २५ वटा गोण्डुला रहेका छन् । जसमा बटम स्टेशन, टप स्टेशन तथा पोलहरुमा यस अंगाडी चेन हलेज सिष्टम थियो । त्यसलाई अहिले टायर हलेज सिष्टममा बदलिएको छ । प्रवन्धक कार्कीका अनुसार यसले केवलकारको गति बढाउँछ भने यात्राको समय घटाउँछ । त्यस्तै पोलहरुमा खडखडाउने आवाज पनि बन्द भएको उहाँले बताउनु भयो ।
त्यस्तै पहुँचमार्गमा दुबैतर्फ विद्युतीकरण गरिएको छ । केही दिनमा लाईटिङ पनि जडान गरिने र त्यसले केवलकारको यात्रालाई झनै आकर्षक बनाउने छ । त्यस्तै सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङको काम पनि भईरहेको छ । त्यसबाहेक अरु धेरै पूर्वाधार निर्माणको काम बाँकी नै रहेको प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताउनु भयो । सिद्धार्थ केवलकार लिमिटेडको योजना अनुसारका पूर्वाधार निर्माण भईसक्दा यस क्षेत्रको पर्यटन विकासले एउटा उचाई लिने उहाँको विश्वास छ ।
सिद्धार्थ केवलकारको बटम स्टेशन बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको छ भने टप स्टेशन पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ स्थित नवाकोट गढीमा रहेको छ । सेनबंसीय परापूर्वकालदेखि नै पुरातात्विक तथा सामरिक महत्व बोकेको नुवाकोट गढी राष्ट्रिय गौरव बोकेको सम्पदा हो । नेपाल अंग्रेज यूद्धसंग जोडिएकाले यसले धेरै महत्व बोकेको छ । केवलकारको बटम स्टेशन समुद्रि सतहबाट ३ सय मिटर र टप स्टेशन समुद्रि सतहबाट ८ सय मिटरको उचाईमा रहेको छ । यहाँ शान्त, सितल, हरियाली र मनमोहक दृश्यले पर्यटकलाई बोलाईरहेका त्यसको मध्येस्थकर्ताको रुपमा सिद्धार्थ केवलकार खडा भएको प्रवन्ध सञ्चालक अधिकारी बताउनु हुन्छ ।
त्यस्तैगरी यो स्थानलाई सिद्धार्थ गौतमबुद्धसंग पनि जोडेर हेर्ने गरिएको छ । करिव २५६७ वर्ष अंघि कपिलबस्तुका राजा शुद्धोदनकी रानी मायाँदेवी आफ्नो दरवार तिलौराकोटबाट बैशाख पूर्णिमाका दिन माईत देवदह जाने क्रममा लुम्बिनी उद्यानमा मंगलसालको छहारीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । सिद्धार्थ गौतमको जन्मपश्चात उत्तरतर्फ ७ पाईला किंवदन्तीका आधारमा सिद्धार्थ गौतमकाके ७ पाईलाको प्रतिकको रुपमा बटम स्टेशमा ६ वटा र टप स्टेशनमा एउटा गरी ७ वटा कमलको फूल निर्माण गरिएको उहाँले जानकारी गराउनु भयो ।
सिद्धार्थ गौतमबुद्धले बाल्यकालको शिक्षा पनि यसै स्थानमा आर्जन गरेको र लुम्बिनीसंग घनिभूत सम्वन्ध भएकाले यो भूमिमा निर्माण गरिएको केवलकारको नामाकरण पनि सिद्धार्थ गौतम बुद्धकै नामबाट राखिएको उहाँले बताउनु भयो । त्यसैगरी बटम स्टेशन नुवाकोटमा सेन कालमा निर्मित आराध्यदेव काल भैरवको मन्दिरमा भाकल गरेको मंगलकार्यबाट सिद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ । यहाँ भैरव मन्दिर सहित सेनकालिन चतुर्भुज विष्णु मूर्ति, कोत घर, लगायतका धार्मिक स्थलहरु समेत रहेकाले यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिएको छ ।

≪ Previous Post

शान्तिका लागि यात्रा : विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा

Next Post ≫

आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व, नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क