Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्तिका लागि यात्रा : विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्तिका लागि यात्रा : विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८२ · 0
शान्तिका लागि यात्रा : विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा
90
SHARES
ShareTweet

तिलोत्तमा । ट्रेलब्लेजर्स नेपाल (त्चबष्दिबिशभचक ल्भउब)ि नामक पर्यटन कम्पनीले पश्चिम नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा सञ्चालन गर्दै आएको छ ।
पदयात्रा र भ्रमण ( त्चभपपष्लन ७ त्यगचक) लाई मुख्यरूपमा केन्द्रित गर्दै रूपन्देहीको मणिग्रामबाट सेवा सञ्चालन गर्दै आएको कम्पनीले गत एक महिनामा दुई वटा मोटरसाइकल यात्रा सम्पन्न गरेको हो । गत साता मात्रै कम्पनीले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विभिन्न ऐतिहासिक क्षेत्रको एक दिने यात्रा सम्पन्न गरेको छ । त्यो भन्दा पहिले कम्पनीले असार अन्तिम साता मणिग्रामबाट स्याङ्जाको स्वरेक मैदान सम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको थियो ।
शान्तिका लागि यात्रा अर्थात् (च्ष्मभ ायच एभबअभ) उद्घोष सहित सञ्चालन गरिएको मणिग्रामदेखि कपिलवस्तुसम्मको यात्राका क्रममा १९ जना चालक (च्ष्मभच) सहित जम्मा २३ जनाको सहभागिता रहेको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत सुवेदीले जानकारी दिनुभयो ।
यात्राका क्रममा गरिने प्रत्यक्ष प्रसारण, भिडियो ग्राफी एवम् लघु वृत्तचित्र निर्माण, अन्तर्वार्ता, फोटोग्राफी लगायतका माध्यमबाट बुद्धभूमिमा अवस्थित ऐतिहासिक स्थलहरूको प्रवद्र्धन समेत गरिएको सुवेदीले बताउनुभयो ।
त्यस्तैः सहभागीहरूले क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, शाक्यमुनि बुद्धसँग सम्बन्धित पवित्र स्थलहरू तिलौराकोट, निग्लिहवा, गोटिहवा, कुदान, ओरौराकोट, सगराहवा, तौलिहवा हुँदै जगदीशपुर ताल सम्मको यात्रा गरेको कार्यक्रम सञ्चालक एवम् महिला चालक प्रतिमा ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले ती क्षेत्रहरूको अवलोकन गर्दै बौद्ध धर्मको महत्व, बुद्धका जीवनपद्धति, र नेपालमा रहेको सांस्कृतिक सम्पदाको गहिरो अनुभूति गरेको कार्यक्रम संयोजक रोशन क्षेत्रीले बताउनुभयो ।
यस्ता स्थानहरू अझै धेरै नेपालीहरू र विश्व समुदायमा परिचित होऊन् भन्ने ध्येयले यो कार्यक्रम सञ्चालन गरिएको समेत सुवेदीले उल्लेख गर्नुभयो । खाजा, भोजन, पानी, फोटोग्राफी र भिडियोग्राफी जस्ता सेवा सहितका यस्ता राइडले स्थानीय पर्यटन, संस्कृति र आर्थिक प्रवाहमा पनि सकारात्मक प्रभाव पार्ने आयोजक कम्पनीले बताएको छ ।
यसैबीच, शान्तिका लागि पदयात्रा उद्घोष सहित नै यही भदौ १३ देखि १५ सम्म रूपन्देहीबाट ढोरपाटनसम्मको ३ दिने मोटरसाइकल यात्रा सञ्चालन गर्न लागिएको समेत सुवेदीले उल्लेख गर्नुभयो ।

≪ Previous Post

आज पनि देशका धेरैजसो ठाउँमा हल्का बर्षा हुने, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Next Post ≫

सिष्टम अपग्रेटसंगै सिद्धार्थ केवलकार पुनः सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क