Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारी छापको दुरुपयोग :बुटवलका मालपोत अधिकृत अर्याल सहित दुई जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारी छापको दुरुपयोग :बुटवलका मालपोत अधिकृत अर्याल सहित दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८२ · 0
सरकारी छापको दुरुपयोग :बुटवलका मालपोत अधिकृत अर्याल सहित दुई जना पक्राउ
110
SHARES
ShareTweet

बुटवल । सरकारी छापको दुरुपयोग गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जना पक्राउ परेका छन् ।
सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल सहित अन्य २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदिप क्षेत्रीका अनुसार नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमा नगरपालिकाकी रञ्जना थापा पनि पक्राउ परेकी छन् ।
उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो । प्रहरी प्रमुख क्षेत्रीका अनुसार उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको उहांले बताउनुभयो ।
स्रोतका अनुसार पक्राउ परेका र पक्राउ पुर्जी जारी भएकाहरूले घुस रकम लिएर सरकारी र कतिपय अन्य व्यक्तिको जग्गाको समेत नक्कली लालपुर्जा बनाइ बिक्री वितरण गर्ने र सोही लालपुर्जा धितो राखेर सहकारी संस्थाबाट ऋण समेत निकालेका छन् ।
मालपोत अधिकृत अर्यालले तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम हरपुरमा रहेको कित्ता नं. १५७ को नक्कली लालपुर्जा निकालेको प्रहरीको भनाइ छ । १५७ नम्बरको उक्त कित्तालाई २०७१ सालमा फोडेर जग्गाको जोत भोग गर्दै आएका परिवारका नाममा कायम गरी १, २, ३, ४ गर्दै क्रमशः १५ सम्म कित्ता कायम गरिएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवलका दुई व्यापारी विरुद्ध ४ करोड ८३ लाख २५ हजार कर छलीेको आरोपमा मुद्दा दायर

Next Post ≫

भैरहवाको बाल सुधार गृहमा एक बालकद्वारा आत्महत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क