Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सत्यवती गाउँपालिकामा कृषक प्रोत्साहन : पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्यवती गाउँपालिकामा कृषक प्रोत्साहन : पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८२ · 0
सत्यवती गाउँपालिकामा कृषक प्रोत्साहन : पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान
120
SHARES
ShareTweet

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई रु १० हजार अनुदान उपलब्ध गराइने छ ।
गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षण कार्यलाई प्रवद्र्धन गर्ने उदेश्यले कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त योजना ल्याएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताउनुभयो । पालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरि आर्थिक वर्ष २०८२÷८३ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त नगद प्रोत्साहन कार्यक्रम अघि सारेको हो ।
कार्यक्रमबाट लाभ लिनका लागि पालिकाले २०८२ साउन १ गतेदेखि २०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा रु १० हजार अनुदान उपलब्ध गराउने जानकारी गराएको छ । उक्त रकम प्राप्त गर्नका लागि कृषकले आफुले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनुपर्ने छ ।
अनुदान प्राप्त गर्नका लागि कृषकले पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको व्यहोरा उल्लेख गरिएको कम्तिमा तीन जना छिमेकीको हस्ताक्षर लगायतको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो । त्यसका अतिरिक्त निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरि दिएको रिपोर्ट समेत अनिवार्य पेश गर्नुपर्ने भुसालले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष निर माया तरामुका अनुसार यसरी अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभइ अनिवार्य रुपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्ने छ । पछिल्लो समयमा गाउँघरमा गाईपालन गर्ने परम्परा विस्तारै लोपहुँदै जान थालेको अवस्थामा जिल्लामा सत्यवती गाउँपालिकाले स्थानीय रैथाने गाईको संरक्षण गर्नका लागि अनुदान सहितको अभियान सञ्चालन गर्न लागेको हो ।

≪ Previous Post

४३ औं बीपी स्मृति दिवस : बृक्षरोपण, माल्यार्पण, आश्रममा खाना र फ्रीज प्रदान

Next Post ≫

लुम्बिनी प्रदेश सरकारका एक बर्षे उपलब्धि सार्वजनिक, प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै :मुख्यमन्त्री आचार्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क