भैरहवा । रुपन्देही प्रहरीले दिनहुं जसो अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेका सामान बरामद गर्ने कार्यलाई निरन्तरता दिएको छ । अबैध कारोवार नियन्त्रण, सामाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, लगायतका कामहरु प्रहरीले गर्दै आईरहेको भएपनि रुपन्देहीमा पछिल्लो समय दिनहुं लाखौं मूल्य बराबरका अबैध सामान बरामद गर्ने र संलग्नलाई नियन्त्रणमा लिने काम भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले यही जेठ १५ र १६ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको गरेको करिव १३ लाख १५ हजार ५१५ रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ३ मेउडिहवा, मायादेवी गाउँपालिका वडा नं. ६ गुलरिया र रोहिणी गाउँपालिका वडा नं. ३ धकधईबाट यु पी ५६ ई २४०८ नं.को मोटरसाईकल सहित १९ जोर जुता, हुक्का सेट १२६ पिस र किराना सामान बरामद गरेको छ । साथै प्रहरीले भारत जिल्ला महाराजगंज फरेनिया बस्ने बर्ष ३५ को दुर्गेश यादव र सोही ठाउं बस्ने बर्ष २२ को हरि ओम यादव नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ५ शिबपुरबाट लु ४ प १८७ नं. को मोटरसाईकलमा सियारी गाउँपालिका वडा नं. ६ रामगंज बस्ने बर्ष अं.२६ को राजु लोधले ल्याउद ैगरेको स्टास प्रो ११७ प्याकेट, गोकोन अल्ट्रा थिनपेपर ११० प्याकेट, स्टास प्रो ब्राउन डेली इसेन्सियल्स १२ प्याकेट, स्टास प्रो रक बुक ५ प्याकेट, स्टास प्रो बर्निङ डिजायर १० प्याकेट, बोङची ब्लेक २८ प्याकेट, स्टास प्रो सुपरस्लिम १० पिस, स्टास प्रो रोलिङ पेपर २८ प्याकेट र फट्टी ब्राउन १० प्याकेट मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका वडा न.७ कनरीबाट लु २ प ५४८७ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको १०० के.जी चिनी र केराउ ३० के.जी. बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ७ टिकर बस्ने अवधेश अहिरले चलाएको लु १७ प ६२७ न.को मोटरसाईकल सहित टायल ६ पेटी (१२ पिस) बरामद गरेको छ भने प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ७ टिकरबाट ब्लाउज थान कपडा १४४० मिटर, लेडिज कुर्ता थान कपडा ५२० मिटर र साडी ७० पिस बरामद गरेको छ ।
प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ आमापुलबाट यु पी ५५ वाई ०२१० न. र युु पी ५५ एच ००९० नं.को मोटरसाइकलमा ल्याउदै गरेको ५ बोरा युरिया मल र प्याज १ क्विन्टल मोटरसाइकल सहित बरामद गरेको छ ।
अस्थायी प्रहरी विट महिलावारबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० महिलवारबाट यु पी ५८ जे ६३१४ न.को मोटरसाइकल सहित चार बोरा मलखाद बरामद गरेको छ ।
प्रहरीले बरामद गरेको सामान र पक्राउ परेका मानिसलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।