Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0
तिलोत्तमा ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम
60
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई, नाली नहर डुवान , सडक बती, आकासे पुल लगायतका वारेमा जिज्ञासा राखेका थिए ।

वडा वासिले विभिन्न सेवा, सुविधा तथा विकास निर्माणसँग सम्बन्धित सुझाव तथा गुनासोहरू प्रस्तुत गरेका थिए। वडाध्यक्षसहित अन्य जनप्रतिनिधि तथा सरोकारवालाहरूले जनताको प्रश्नको जवाफ दिँदै वडाले गरेका काम, भावी योजना तथा उपलब्धिहरूको जानकारी गराउनु भएको थियो ।

वडावासिका सुझाव सल्लाह र वडाका आवश्यकताका आधारमा योजना तर्जुमागर्ने गरिएको अध्यक्ष रमेश डुम्रेले बताउनु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष चेतनारायण भण्डारीले समावेशी रुपमा वजेट र योजना बनाउन सुझाव दिनु भयो ।
कार्यक्रममा नेकपा एमाले वडा उपाध्यक्ष केशव राज कोईरालाले राम्रा कामको स्वागत र गलत कामको विरोध रहने धारणा राख्नु भयो । उहांले विकास निमार्णका काममा ६० । ४० को लगानी सहभागिता हटाउन सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा उप सभापति मिन प्रसाद अधिकारीले जनतामा पछिल्लो समयमा जागरण आएको बताउनु भयो । जनप्रतिनिधीहरुले जनताका भावना अनुसार कामगर्नु पर्ने सुझाव दिनु भयो ।
सहभागिहरुले सार्वजनिक सुनवाइ कार्यक्रम हरेक वर्ष गर्नका लागि सुझाव दिएका थिए । कार्यक्रममा तिलोत्तमा–५ नम्वर वडाका सबै जनप्रतिनिधि, कर्मचारी, स्थानीयवडावासी, महिला, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा सदस्य हरि पन्थले स्वागत गर्नु भएको थियो भने सिग्नल मिडिया नेटवर्क प्रा.लि. ले सहजिकरण गरेको थियो ।

≪ Previous Post

रुपन्देहीमा (एसईई)को नतिजा : ७९ जनाको ४ जीपिए, शान्ति नमुनाका १८ जना

Next Post ≫

रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क