Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा (एसईई)को नतिजा : ७९ जनाको ४ जीपिए, शान्ति नमुनाका १८ जना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा (एसईई)को नतिजा : ७९ जनाको ४ जीपिए, शान्ति नमुनाका १८ जना

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0
रुपन्देहीमा (एसईई)को नतिजा : ७९ जनाको ४ जीपिए, शान्ति नमुनाका १८ जना
120
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार रुपन्देहीमा ७९ जनाले एसईईको परीक्षामा ४ जीपिए ल्याउन सफल भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित सामुदायिक विद्यालय शान्ति नमुना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।सो विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
सामुदायिक विद्यालयमा नमुना विद्यालयको रूपमा परिचित शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर भुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
यस्तै ४ जीपीए ल्याउने अन्य विद्यालयहरुमा न्यू होराइजन स्कूल, बुटवल ११ जना, अक्सफोर्ड मावि, बुटवल १० जना, कालिका मानवज्ञान मावि बुटवल ७ जना, सैनामैना नमूना मावि ४ जना, रामापुर मावि, सैनामैना १ जना, कान्ति मावि बुटवल १ जना, जनकल्याण मावि, सैनामैना १ जना रहेका छन् ।
ड्रिम भिजन स्कूल फर्साटिकर १ जना, दीप बोर्डिङ स्कूल बुटवल २ जना, सुनगाभा पब्लिक मावि सैनामैना १ जना, प्रभात इंग्लिस बोर्डिङ स्कूल सैनामैना २ जना, नयाँगाउँ मावि बुटवल ३ जना, सैनामैना मेमोरियल मावि सैनामैना १ जना, सिद्धेश्वर लालकुमारी मावि बुटवल १ जना, नविन औद्योगिक कदरबहादुर रिता मावि बुटवल १ जना, न्यू इन्भारमेण्ट तिलोत्तमामा १ जनाले ४ जीपीए ल्याएका छन् ।
यस्तै नवरत्न माध्यमिक विद्यालय बुटवल सेमलार २ जना, तिनाउ इग्लिस बोर्डिङ स्कूल बुटवल देबीनगर २ जना, गार्गी बोर्डिङ स्कूल बुटवल देबिनगर २ जना, न्यू लुम्बिनी इग्लिस बोर्डिङ स्कूल देवदह ४ जना, होराइजन गौतमबुद्ध मावि तिलोत्तमा १ जना र एभरेष्ट इग्लिस बोर्डिङ स्कूलका १ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् ।

≪ Previous Post

रेसुंगा नगरपालिका प्रमुख सवार गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते

Next Post ≫

तिलोत्तमा ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क