भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
यही जेठ १५ गते मायादेवी गाउँपालिका वडा न. १ अहिरैलीमा अबैध लागूऔषध बिक्री बितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरोशाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा न. १ अहिरैली बस्ने बर्ष ३५ राजेश कहार र बर्ष २६ को गोबिन्द लोध रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २० ग्राम बरामद गरेको छ ।
पक्राउ परेका कहार र लोधलाई अनुसन्धान कार्यको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट ७ दिन म्याद थप भई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।