Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ प्रदेशस्तरीय यु–१६ क्रिकेट : पाल्पामाथि कपिलवस्तुको सहज जित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशस्तरीय यु–१६ क्रिकेट : पाल्पामाथि कपिलवस्तुको सहज जित

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०८२ · 0
प्रदेशस्तरीय यु–१६ क्रिकेट : पाल्पामाथि कपिलवस्तुको सहज जित
80
SHARES
ShareTweet

भैरहवा । रौनक श्रीवास्तवको शतकीय पारी र मलिक गद्दीको उत्कृष्ट बलिङको मद्दतमा भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जित हात पारेको छ । उसले पाल्पालाई १ सय ९१ रनले पारजित गर्दै जित निकालेको हो ।
शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा ३४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २ सय ३६ रनको बलियो योगफल बनाएको थियो । उसका लागि रौनक श्रीवास्तवले ८८ बलको सामाना गर्दै १६ चौका र १ छक्काको मद्दतमा १ सय १० रनको शतकीय इनिङ खेले ।

यस्तै, मुन्ताज अलीले ४२ र सुरज यादवले २० रनको योगदान गरे । बलिङमा पाल्पाका विष्णु न्यौपानेले ४, उपसन पाण्डेले ३ तथा हिमाल कंडेलले २ विकेट लिए ।
प्रतिउत्तरमा पाल्पा १० ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमै समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विक्रम जिसीले सर्वाधिक ८ रन बनाउँदा ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किए । बलिङमा कपिलवस्तुका मलिक गद्दीले ४ ओभरमा १४ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, सुरज यादवले ३ तथा कमरान अहमद र रौनक श्रीवास्तवले समान १–१ विकेट लिए ।

खेलमा कपिलवस्तुका रौनम श्रीवास्तव प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले बताए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा संचालन भइरहेको छ ।

≪ Previous Post

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Next Post ≫

सदुपयोग सहकारी संस्थामा ५० जनाले गरे रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क