भैरहवा । सघीय संसदको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योग बाणिज्य क्षेत्रको अवस्था तथा मूल्य बृद्धिको अध्यन गर्न लुम्बिनी प्रदेशमा आएको छ ।
समितिले बुधबार लुम्बिनी प्रदेशका बिषयगत समिति संग यहाँको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ भने बिहिबार बुटवलमा उद्योगी ब्यबसायी संग छलफल गरेको छ ।
समितिका सभापति एवं पुर्व मन्त्री अब्दुल खानले खासगरी पछिल्लो समय सिमेण्ट तथा डण्डीमा अस्वाभाविक रुपमा मूल्य बृद्धि प्रति धेरैको चासो रहेको र समितिले त्यसबारे पनि गहन अध्यन गरी सरकारलाई यथार्थता जानकारी गराउने बताउनुभयो ।
पाँच दिने स्थलगत अध्ययनकोलागि ५ जना सांसद र उपभोक्ता अधिकार कर्मी सहित समिति स्थलगत अध्ययनकोलागि यहाँ आएको हो । टोलिमा समितिका सदस्य एवं सांसद रमा कोईराला पौडेल, कान्तिका सेजुवाल, हेमराज राई, रणेन्द्र बराइली, रेखा यादव, रुकमणी राना, गणेश पराजुली र उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जन रहेका छन ।
समितिले यस क्षेत्रमा रहेका मुख्य भन्सार, बुटवल धागो कारखाना, बिशेष आर्थिक क्षेत्र, सिमेण्ट तथा डण्डी उद्योगहरुको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ । स्थलगत अनुगमन एवं सरोकारवालाहरुसंग छलफल गरी समस्याको जड पत्ता लगाई समाधानका उपाय सहित सरकारलाई आफ्नो प्रतिवेदन दिने समितिका सभापति खानले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँनले समितिसगं भेट गरी यस क्षेत्रमा रहेका उद्योग, वाणिज्य, श्रम तथा मूल्य बृद्धिका कारण उपभोक्तामा परेको असरबारे जानकारी गराउनुभएको छ । उहांले पछिल्लो समय अस्वाभाविक रुपमा भैरहेको मूल्य बृद्धिले उपभोक्ताहरु मारमा परेको उल्लेख गर्दै मूल्यबृद्धि नियन्त्रणकालागि सघीय सरकारले ठोस कदम चाल्नु पर्ने सुझाव राख्नुभयो ।